ad ad

कारोबार


कांग्रेस सांसद भन्छन्– कार्यकर्तालाई सुखी बनाउने वितरणमुखी बजेट आयो

कांग्रेस सांसद भन्छन्– कार्यकर्तालाई सुखी बनाउने वितरणमुखी बजेट आयो

फाइल तस्बिर


नेपालखबर
जेठ २२, २०८१ मंगलबार १४:३४, काठमाडौँ

नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले सरकारले जनप्रियतामा आधारित नभई पार्टीका कार्यकर्तालाई सुखी बनाउने वितरणमुखी बजेट ल्याएको बताएका छन्। 

मंगलबार प्रतिनिधि सभामा आगामी आर्थिक वर्ष २०८१/०८२ को विनियोजन बजेटको विषयमा भएको छलफलमा बोल्दै यस्तो बताएका हुन्। 

उनले मुलुक आर्थिक संकटको दिशामा उन्मुख भएको अवस्थामा अर्थतन्त्रको संकट निराकरण गर्र्र्न खालको नआएको बताए।

उनले पार्टीका कार्यकर्तालाई सुखी बनाउने कुरामा निर्मम भएर कठोरतापूर्वक वितरणमुखी बजेटलाई नियन्त्रण गरी उत्पादनमुखी क्षेत्रमा विनियोजन गरी पुरानालाई निरन्तरता दिएर नयाँ दिन सक्दिन भन्ने आँट अर्थमन्त्रीले लिनुपर्ने भए पनि त्यस्तो भएको बताए।

उनले साधारण खर्च कटौतीमा गम्भीर हुन आवश्यक रहेको बताए। उनले साधारण खर्च राष्ट्रिय स्रोतबाट धान्न नसक्ने अवस्था रहेको बताए। उनले आन्तरिक राजस्व लक्ष्य पूरा हुने अवस्था नभएको भन्दै वैदेशिक ऋण भन्दा आन्तरिक ऋण १ खर्ब बढी रहेको बताए। —न्युज एजेन्सी नेपाल

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .