ad ad

कारोबार


नबिल बैंकको विदेशी लगानीकर्ता आईएफआईसीले लगानीलाई निरन्तरता दिने, बिक्री प्रक्रिया स्थगित

नबिल बैंकको विदेशी लगानीकर्ता आईएफआईसीले लगानीलाई निरन्तरता दिने, बिक्री प्रक्रिया स्थगित

नेपालखबर
जेठ २०, २०८१ आइतबार १९:१४, काठमाडौँ

नबिल बैंकको विदेशी लगानीकर्ता आईएफआईसी बैंक पीएलसीले बैंकमा रहेको आफ्नो सेयर हाललाई नबेच्ने भएको छ। 

पीएलसीले बैंकमा रहेको आफ्नो १ करोड ७७ लाख ३६ हजार ८८ कित्ता संस्थापक सेयर (तथा सोबाट आर्जित बोनस सेयर समेत सबै)लाई निरन्तरता दिने भएको हो।

योसँगै अघि बढेको उक्त सेयर बिक्रीको प्रक्रिया स्थगित भएको बैंकले जनाएको छ।  

उक्त सेयर बिक्रीका लागि २०७९ मंसिर १५ मा बैंकले संस्थापक सेयर बिक्रीसम्बन्धी सूचना प्रकाशन गरेको थियो। त्यसमा आवेदन समेत परी नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिने कामकारबाही अगाडि बढाइएको थियो। 

सेयर बिक्रीका लागि पीएलसीले दिएको निवेदन समेत फिर्ता लिएको छ भने खरिदको प्रस्ताव पेस गर्ने सेयरधनीले पनि निवेदन फिर्ता लिएका छन्। 

यही जेठ १९ मा बसेको बैंक सञ्चालक समितिको बैठकमा यसबारे छलफल भएको थियो। बैठकमा उक्त सेयर खरिद प्रक्रिया स्थगित भएको बारे नियामक निकायहरुलाई जानकारी दिने निर्णय भएको बैंकले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .