ad ad

कारोबार


१५ करोड अपचलनमा १ करोडको मात्रै मुद्दा, शुद्धीकरण विभागलाई अदालतको ध्यानाकर्षण

१५ करोड अपचलनमा १ करोडको मात्रै मुद्दा, शुद्धीकरण विभागलाई अदालतको ध्यानाकर्षण

नेपालखबर
जेठ २०, २०८१ आइतबार १९:३८, काठमाडौँ

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले १५ करोडभन्दा बढी बिगो हुन सक्ने एक प्रकरणमा जम्मा १ करोड १८ लाख ७७ हजार रूपैयाँ बिगो कायम गरी मुद्दा चलाएको पाइएको छ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले सप्तकोसी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत नवीन सुवेदीको सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा विभागले गरेको गडबडी औँल्याउँदै ध्यानाकर्षण गराउने फैसला गरेको छ।

सुवेदीले २०७२ साल चैत्रदेखि २०७८ साल मंसिरसम्म सप्तकोशी डेभलपमेन्ट बैंक कर्पोरेट कार्यालयमा रेमिट्यान्स कारोबार हुने पुमरी बैंकिङ सफ्टवेयरको ‘पार्किङ एकाउन्ट’ मा रेमिटयान्स नै नआएको अवस्थामा फर्जी कारोबार गरी बैंकबाट १५ करोड ७४ लाख ४० हजार ५७४ रूपैयाँ पठाएका थिए।

उनले आफ्नो र परिवारका अन्य सदस्यका नाममा उक्त रकम पठाएर विभिन्न कम्पनीको सेयर तथा घरजग्गा खरिद गरेको पाइएको थियो। 

अदालतले विभागले बिगो दाबी गरेको १ करोड १८ लाख ७७ हजार रूपैयाँ गैरकानुनी घोषणा पनि गरेको छ। दोषी ठहर भएका सुवेदीलाई सजाय निर्धारणका लागि जेठ ३२ गते पेसी तोकिएको छ।

सुवेदीलगायत बैंकका केही कर्मचारीविरूद्ध बैंकिङ कसुरको मुद्दा भने विचाराधीन नै छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .