ad ad

कारोबार


अर्थमन्त्रीको प्रशंसा गर्दै प्रचण्डले भने- उहाँले बजेट पढ्दा गर्वको अनुभूति गरेँ

अर्थमन्त्रीको प्रशंसा गर्दै प्रचण्डले भने- उहाँले बजेट पढ्दा गर्वको अनुभूति गरेँ

नेपालखबर
जेठ १८, २०८१ शुक्रबार १८:३६, काठमाडौँ

प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सन्तुलित, यथार्थपरक र समयानुकूल बजेट ल्याएको भन्दै अर्थमन्त्री वर्षमान पुनको प्रशंसा गरेका छन्। 

माओवादी संसदीय दलको शुक्रबार सिंहदरबारमा बसेको बैठकमा उनले राम्रो बजेट ल्याएकामा अर्थमन्त्रीलाई बधाई र धन्यवाद दिए।

निजी क्षेत्रका तीनवटै छाता संगठनले बजेटको स्वागत गरेको तथा प्रतिपक्षले समेत सकारात्मक प्रतिक्रिया दिएको उनको भनाइ थियो। 

‘अर्थमन्त्रीजी बजेट पढ्न रोष्ट्रममा उभिँदासम्म के कस्तो होला भन्ने लागेको थियो’, प्रचण्डको भनाइ उद्धृत गर्दै एक सांसदले भने, ‘उहाँले बडो कन्फीडेन्ट्ली बजेट पढेको देख्दा मलाई एक प्रकारको गर्वको महसुस भयो ।’ 

प्रचण्डले बजेट निर्माणमा अर्थमन्त्रीले धेरै मिहिनेत गरेको बताए। बजेट वाचनको समयमा अर्थमन्त्रीले हाउस ‘कन्ट्रोल’ गरेको उनको भनाइ थियो।

बैठकमा माधव सापकोटासहित अधिकांश सांसदले बजेट राम्रो र सन्तुलित रहेको बताएका थिए ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .