ad ad

समाज


पर्यटन विकास आयोजना इकाई कार्यालयका दुई सवइन्जिनियर घुससहित पक्राउ

पर्यटन विकास आयोजना इकाई कार्यालयका दुई सवइन्जिनियर घुससहित पक्राउ

नेपालखबर
जेठ १८, २०८१ शुक्रबार १८:४२, काठमाडौँ

पर्यटन विकास आयोजना इकाई कार्यालय, काठमाडौंका सव–इन्जिनियरद्वय राजन कुमार भट्टराई र संजय अर्याल घुससहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले सव–इन्जिनियरद्वय भट्टराई र अर्याललाई सेवाग्राहीबाट १७ हजार रुपैयाँ घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित काठमाडौं महानगरपालिका –३१ अन्तर्गत पर्यटन विकास आयोजना इकाई कार्यालय, काठमाडौं स्थित निजहरुकै कार्यकक्षबाट नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ।

सवइन्जिनियरद्वयले निर्माण कार्य सम्पन्न पश्चात अन्तिम बिल भुक्तानी गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा गएको अख्तियारको टोलीले आज (जेठ१८ गते) नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारका सहायक प्रवक्ता देवी प्रसाद थपलियाले बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .