आगामी आर्थिक वर्षलाई महिला लगानी वर्षको रुपमा मनाईने भएको छ।
आगामी आर्थिक वर्षको बजेट संसद्मा प्रस्तुत गर्दै अर्थमन्त्री पुनले आगामी वर्ष महिला लगानी वर्षको घोषणा गरेका हुन्।
यसै अवसरमा अगामी वर्षबाटै नयाँ कार्यक्रम प्रधानमन्त्री छोरी कार्यक्रम सञ्चालनमा ल्याइने भएको हो। यो कार्यक्रमका लागि १० करोड रुपैयाँको बजेट विनियोजन गरिएको हो।
कार्यक्रमले उद्यमी छोरी बनाउनका लागि का मर्ने उद्देश्य लिइएको छ।
यस्तै आगामी वर्ष नै युवा महिला राष्ट्रिय सम्मेलन आयोजना गरिने भएको हो।
यता सञ्चालनमा रहेको राष्ट्रपति महिला उत्थान तथा शशक्तिकरण योजनालाई भने पुर्नसंरचना गरिने भएको हो।
27
Shares
प्रतिक्रिया