कारोबार


प्रदेश र स्थानीय तहलाई ५ खर्ब ६७ अर्ब अनुदान

प्रदेश र स्थानीय तहलाई ५ खर्ब ६७ अर्ब अनुदान

नेपालखबर
जेठ १५, २०८१ मंगलबार १५:४१, काठमाडौँ

सरकारले प्रदेश र स्थानीय तहलाई ५ खर्ब ६७ अर्ब रुपैयाँ वित्तीय समानीकरण अनुदान हस्तान्तरण गर्ने भएको छ।

अर्थमन्त्री वर्षमान पुनले संयुक्त सदनमा बजेट पेश गर्दै विभिन्न अनुदान र राजश्व हस्तान्तरण गर्ने भएको हो।

राष्ट्रिय प्रकृतिक स्रोत तथा बित्त आयोगको सिफारिसमा प्रदेशलाई वित्तीय समानीकरण अनुदान ६० अर्ब र स्थानिय तहलाई ८८ अर्ब विनियोजन गरेको छ।

शसर्त अनुदान प्रदेशकोलागि २५ अर्ब ८४ करोड र स्थानीय तहका लागि २ खर्ब ८ अर्ब रुपैयाँ विनियोजन गरेका छन्।

पूर्वधारका आयोजना कार्यन्वयन गर्न समपुरक अनुदान वापत प्रदेशलाई ६ अर्ब २० करोड र स्थानीय तहलाई ७ अर्ब विनियोजन गरेका छन्।

विशेष अनुदानतर्फ प्रदेशका लागि ४ अर्ब ४० करोड र स्थानीय तहका लागि ८ अर्ब ५० करोड विनियोजन गरेको छ।

यी अनुदान कार्यसम्पादनका आधारमा हस्तान्तरण गर्ने व्यवस्था गरेको अर्थमन्त्रीले उल्लेख गरेका छन्।

प्रदेश र स्थानीय तहलाई राजश्व बाँडफाँडबाट १ खर्ब ५९ अर्ब हस्तान्तरण हुने अनुमान रहेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad