ad ad

कारोबार


गाँजाको व्यावसायिक उत्पादनका लागि कानुनी व्यवस्था मिलाइनेछ : अर्थमन्त्री

गाँजाको व्यावसायिक उत्पादनका लागि कानुनी व्यवस्था मिलाइनेछ : अर्थमन्त्री

नेपालखबर
जेठ १५, २०८१ मंगलबार १५:३६, काठमाडौँ

अर्थमन्त्री वर्षमान पुनले गाँजाको व्यावसायिक उत्पादनका लागि कानुनी व्यवस्था मिलाइने जानकारी गराएका छन्। 

मंगलबार संसदमा आर्थिक वर्ष २०८१/०८२ को बजेट पेस गर्दै अर्थमन्त्री पुनले यस्तो बताएका हुन्। 

‘औषधीय प्रयोजनका लागि गाँजाको व्यावसायिक उत्पादन गर्न कानुनी व्यवस्था मिलाइनेछ,’ उनले भनेका छन्। 

साथै, उनले उनले सरकारले अर्थतन्त्रमा देखिएका चुनौतीहरुलाई सम्बोधन गर्दै आम नागरिकमा आत्मविश्वास र आशा जगाउने दस्तावेजको रुपमा बजेट प्रस्तुत गरेको बताए। 

अर्थमन्त्री पुनले अहिले बजेट पढेर सुनाइरहेका छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .