ad ad

कारोबार


एनएमबी बैंकले चेपेखोला जलविद्युत आयोजनामा लगानी गर्ने

एनएमबी बैंकले चेपेखोला जलविद्युत आयोजनामा लगानी गर्ने

नेपालखबर
फागुन ८, २०७६ बिहिबार १६:१२,

एनएमबी बैक लिमिटेडले आशुतोष इनर्जी प्रा. लि.द्घारा प्रवद्र्घित लम्जुङ्ग जिल्लाको दुधपोखरी गाउँपालिका तथा गोरखा जिल्लाको अजिरकोट गाउँपालिकामा अवस्थित ८.६३ मेगावाटको चेपे खोला साना जलविद्युत आयोजनामा लगानी गर्नको लागि सम्झौता गरेको छ। ८.६३ मेगावाट क्षमता भएको चेपे खोला साना जलविद्युत आयोजनाको कुल लागत एक अर्व ५० करोड रुपैयाँ रहनेछ। जस मध्ये बैकको

लगानी कुल एक अर्ब १२ करोड ५० लाख रुपैयाँ हुनेछ। यससँगै एनएमबि बैक लि.को कुल ४० वटा जलविद्युत आयोजनाहरुमा लगानी हुनेछ।

चेपे खोला साना जलविद्युत आयोजनामा जलविद्युत क्षेत्रका अनुभवी प्रवद्र्घकहरु तथा स्थानीय बासिन्दाहरुको लगानीमा निर्माण हुँदैछ। व्यापारिक उत्पादन शुरु गर्नुपर्ने मिति यही फागुन ९ गते भएतापनि कम्पनीले ४ महिना अगावै व्यापारिक उत्पादन शुरु गर्ने लक्ष्य राखेको छ। विद्युत गृहबाट उत्पादित विद्युत लमजुङ्ग जिल्लामा अवस्थित किर्तिपुर सब स्टेशनमा जडान गरिनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .