ad ad

कारोबार


भ्रमण आयभन्दा व्यय बढी, विदेश जानेले लगे १ खर्ब ४३ अर्ब

भ्रमण आयभन्दा व्यय बढी, विदेश जानेले लगे १ खर्ब ४३ अर्ब

नेपालखबर
बैशाख ३०, २०८१ आइतबार १३:४२, काठमाडौँ

नेपालले भ्रमण आयबाट गर्ने आम्दानी ४० प्रतिशतले बढेको छ। यद्यपि आयलाई व्ययले जितेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ। विदेश भ्रमण खर्च नै ४२.५ प्रतिशतले बढेको हो।  

राष्ट्र बैंकका अनुसार चैतसम्म सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय उक्त दरले बढेर ६० अर्ब ४५ करोड पुगेको छ। 

 अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ४३ अर्ब १७ करोड रहेको थियो।

यता चैतसम्म सेवा खाताअन्तर्गत भ्रमण व्यय ४२.५ प्रतिशतले वृद्धि भई १ खर्ब ४३ अर्ब २२ करोड पुगेको छ। यसमध्ये शिक्षातर्फको व्यय नै ९५ अर्ब ८५ करोड रहेको छ।

समीक्षा अवधिमा खुद सेवा आय ५२ अर्ब २३ करोडले घाटामा छ। अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय ६३ अर्ब ९१ करोडले घाटामा रहेको थियो ।
 

अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय १ खर्ब ५४ करोड रहेकोमा शिक्षातर्फको व्यय ६७ अर्ब १९ करोड रहेको थियो ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .