कारोबार


काठमाडौँका यी क्षेत्रमा आज र भोलि जाँदैछ दैनिक ५ घण्टा बिजुली

काठमाडौँका यी क्षेत्रमा आज र भोलि जाँदैछ दैनिक ५ घण्टा बिजुली

नेपालखबर
बैशाख ३०, २०८१ आइतबार ८:४४, काठमाडौँ

काठमाडौँको रोपवे, बलम्बु र कीर्तिपुर फिडरको विद्युत् लाइन आज र भोलि दुई दिन अवरुद्ध हुने भएको छ। 

विद्युत् प्राधिकरणले एक सूचना जारी गरी कीर्तिपुर वितरण केन्द्र अन्तर्गतको विद्युत् लाइन भूमिगत गर्नुपर्ने भएकाले आइतबार र सोमबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् सेवा बन्द हुने जानकारी गराएको हो। 

आज रोपवे र बलम्बु फिडर अन्तर्गत पर्ने मैत्रीनगर र टेगलाफाँट क्षेत्रमा बिहान ११ बजेदेखि पाँच घण्टासम्म बत्ती जानेछ। 

त्यसैगरी भोलि (सोमबार) कीर्तिपुर फिडर अन्तर्गत पर्ने कीर्तिपुर विश्वविद्यालय क्षेत्रमा पनि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बत्ती जाने प्राधिकरणले जनाएको छ। 

साथै मौसम कामगर्न अनुकूल नभए विद्युत् अवरुद्ध नहुने पनि प्राधिकरणले जनाएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad