कारोबार


आगामी आवमा सेयरबजारबारे कस्ता कार्यक्रम ल्याउने? बोर्डले माग्यो सुझाव

आगामी आवमा सेयरबजारबारे कस्ता कार्यक्रम ल्याउने? बोर्डले माग्यो सुझाव

नेपालखबर
बैशाख २८, २०८१ शुक्रबार १५:१३, काठमाडौँ

नेपाल धितोपत्र बोर्डले आगामी आर्थिक वर्षको धितोपत्रबजार तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रमका लागि सुझाव मागेको छ। 

जेठ १५ गतेभित्र बोर्डको इमेल [email protected] मा सुझाव पठाउन सकिने बोर्डले जनाएको छ। 

नियामकीय संस्था बोर्डका अनुसार सरकारको पुँजीबजारसम्बन्धी नीति, कार्यक्रम तथा प्राथमिकतालाई दृष्टिगत गरी आव २०८१/८२ मा जनअपेक्षाअनुरुपको कार्यान्वयन योग्य नीति तथा कार्यक्रम तयार गरी लागू गर्ने कार्यका लागि सुझाव माग गरिएको हो। 

सबै सरोकारवाला पक्षले धितोपत्र बजार तथा वस्तु विनिमय बजारको विकास, विस्तार तथा सुधार, प्रभावकारी नियमन र सुपरिवेक्षणका लागि सुझाव दिन सक्ने बोर्डले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .