ad ad

कारोबार


कजरिया टाइल्सले नेपालमा खोल्यो पहिलो ‘एक्सपिरियन्स सेन्टर’

कजरिया टाइल्सले नेपालमा खोल्यो पहिलो ‘एक्सपिरियन्स सेन्टर’

नेपालखबर
चैत २२, २०८० बिहिबार १४:५, काठमाडौँ

भारतीय टाइल कम्पनीको कजरिया टाइल्सले काठमाडौंमा आफ्नो पहिलो ‘एक्सपिरियन्स सेन्टर’को उद्घाटन गरेको छ। 

नवलपरासीस्थित कजरिया रमेश टाइल्स लिमिटेडमार्फत कम्पनी नेपाली बजारमा प्रवेश गरेको हो। 

यसका निर्देशक प्रतीक जलान रहेका छन्। शोरुमले आवासीय र व्यावसायिक स्थानहरूका लागि डिजाइन, रङ र टाइलहरूको विविधता प्रदान गर्ने उनले बताए। 

एउटै छानामुनि ग्राहकहरूले आठ सिरिज  र २० भन्दा बढी 'लाइभ मकअप' बाथरूमको अवलोकन गर्नसक्ने व्यवस्था गरिएको छ।

कजारिया टाइल्सले अत्याधुनिक प्रविधि र दिगोपनप्रतिको प्रतिबद्धतासहित 'द स्टेट अफ द आर्ट कन्टिनुआ प्लस टेक्नोलोजी'बाटमा नयाँ बेन्चमार्कका साथै सटिक, स्थायित्व र सुन्दर ठूला टाइल स्ल्याबहरू उत्पादन गर्दछ।

यसबाहेक, कजारिया टाइल्सले आफ्नो उत्पादन प्रक्रियाहरूमा पर्यावरणमैत्री अभ्यासहरूलाई प्राथमिकता दिएको जनाएको छ। 

कजरिया रमेश टाइल्सले नेपालमा उच्च गुणस्तरको टाइल्स र सिरेमिक उत्पादनहरू उपलब्ध गराउने जनाएको छ। 

कम्पनीले नवलपरासीमा रहेको आफ्नो कारखाना जुन २०२४ को अन्त्यसम्ममा पूर्ण रूपमा सञ्चालन गर्ने जनाएको छ।

यसले नेपालको टाइल र सिरेमिक उद्योगलाई आकार दिन, देशको उन्नति र समृद्धिमा योगदान पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .