ad ad

कारोबार


एलजीको नयाँ वर्ष अफर : नगद छुट र पक्का उपहार, १ लाखसम्मको बीमा

एलजीको नयाँ वर्ष अफर : नगद छुट र पक्का उपहार, १ लाखसम्मको बीमा

नेपालखबर
चैत २२, २०८० बिहिबार १२:५८, काठमाडौँ

अन्तर्राष्ट्रिय ब्राण्ड एलजीले नयाँ वर्ष २०८१ लाई लक्षित गर्दै नयाँ वर्षको सुखद सुरुवात, नगद र उपहारको साथ नामक योजना अघि सारेको छ। 

योजनाअन्तर्गत ग्राहकहरुले एलजीका घरायसी सामानहरु खरिद गर्दा नगद छुट र पक्का उपहारका साथै रु.१ लाखको दुर्घटना बीमा, तथा लक्की ड्र मा एलजी ओलेड टिभी हरेक महिना जित्न सक्नेछन्।

एलजी ओलेड टिभी, एलजी क्युनेड टिभी, एलजी युएचडी टिभी, साउन्ड बार, होम अडियो, एलजी सिङ्गल डोर रेफ्रिजेरेटर र भ्याकुम क्लिनरको खरिदमा ग्राहकहरुले ४० प्रतिशतसम्मको क्यास ब्याक प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। 

एलजी साइड बाइ साइड फ्रेन्च डोर रेफ्रिजेरेटरको खरिदमा माइक्रोवेभ ओभन, एलजी डबल डोर रेफ्रिजेरेटर(३०८ लिटर र माथि)को खरिदमा मिक्सर वा भेजिटेबल प्युरिफायर पाउन सकिनेछ। 

त्यस्तै एलजी डबल डोर रेफ्रिजेरेटर(२८५ लिटर सम्म)को खरिदमा भ्याकुम फ्लास्क वा प्रेसर कुकर, एलजी फ्रन्ट लोड वाशिङ मेसिन(१० केजी र माथि)को खरिदमा इन्डक्सन कुकर, एलजी फ्रन्ट लोड वाशिङ मेसिन(९ केजी सम्म)को खरिदमा ६ केजी डिटरजेन्ट पाउडर पाउन सकिनेछ। 

कम्पनीका अनुसार एलजी टप लोड तथा टुइन टब वाशिङ मेसिनको खरिदमा ४ लिटर डिटरजेन्ट लिकुइद, एलजी डिस वासरको खरिदमा २ प्याकेट डिसवासर किट, एलजी माइक्रोवेभ ओभनको खरिदमा खाना पकाउने कीट र एलजी एयर प्युरिफायरको खरिदमा एयर हिउमिडिफायर प्राप्त गर्न सक्नेछन् । 

त्यस्तै एयर सलुसन तर्फको एलजी रुम एयर कन्डिसनर र फ्लोर स्ट्यान्डिङ तथा क्यासेट एयर कन्डिसनरको खरिदमा ग्राहकहरुले फ्री इन्स्टलेसन सेवा पाउनेछन् । 

साथै ग्राहकहरुले हरेक महिना लक्की ड्रमार्फत २ वटा एलजी ओलेड टिभी जित्न सक्नेछन्। र कुनै पनि एलजी टि.भी को खरिदमा रु.१ लाखको दुर्घटना बिमा पनि प्राप्त गर्न सक्नेछन्। ग्राहकहरुले यो बीमामार्फत संसारको कुनै पनि कुनामा भएको दुर्घटनाको क्षतिपुर्ती दाबी गर्न सक्नेछन्। 

ग्राहकहरुले लक्की ड्र र दुर्घटना बीमामा समावेश हुन विज्ञापनमा दिइएको छुट्टाछुट्टै क्यूआर कोड स्क्यान गरेर मागिएको विवरण भरेर रजिस्टर गर्नुपर्नेछ। यसका साथसाथै शून्य प्रतिशत ब्याजदरमा ईएमआई, कुनै पनि ब्रान्डको पुरानो सामान सँग एलजीको सामान सँग साट्न सकिने एक्सचेन्ज अफर, एलजी लोयल्टी क्लब रिवार्ड, फ्री एलजी सर्टिफाईड इन्स्ट्लेसन र फ्री डेलिभरी पनि रहेको छ । 

यो योजना चैत २१ देखि नेपाल अधिराज्यभर सीमित अवधिको लागि लागू गरिएको छ। नेपालभर एलजी ब्राण्डको आधिकारिक विक्रेता चौधरी ग्रुपअन्तर्गत सिजी इलेक्ट्रोनिक्स रहेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .