डिजिटल वालेट आईएमई पे ले अन्तर्राष्ट्रिय हवाई टिकट खरिद गर्ने ग्राहकहरूलाई लक्षित गरी ‘जेट सेट रिवार्ड’ नामक अफर ल्याएको छ।
यो अफर अन्तर्गत आईएमई पे एप मार्फत अन्तर्राष्ट्रिय हवाइ टिकट खरिद गर्दा हवाइ टिकटमा १०० प्रतिशत क्यास ब्याक साथै अन्य पुरस्कारहरू पनि जित्ने मौका पाइने कम्पनीले जनाएको छ।
यहि चैत ६ देखि जेठ मसान्तसम्म तीन महिनाको लागि चल्ने सो अफरका ३ जना भाग्यशाली विजेताको नाम आईएमई पे को सामाजिक सन्जालमा सार्वजनिक गरिने छ।
यसमा पहिलो भाग्यशाली विजेताले आफ्नो हवाइ टिकट खरिद गरेको रकमको १०० प्रतिशत क्यास ब्याक पाउनेछन्।
दोस्रो विजेताले द लेकसाइड रिट्रिट पोखराको प्याकेज जित्न सक्नेछन् भने तेश्रो विजेताले चन्द्रागिरी हिल्स रिजोर्टको प्याकेज जित्ने मौका पाउनेछन्।
यसको साथै आइएमई पे मार्फत टिकट खरिद गर्ने ग्राहकहरूले हरेक हवाइ टिकटमा उच्चतम रिवार्ड पोइन्ट पनि प्राप्त गर्न सक्नेछन्।

प्रतिक्रिया