ad ad

कारोबार


गठबन्धन सरकारको न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक हुन्छ : प्रधानमन्त्री

गठबन्धन सरकारको न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक हुन्छ : प्रधानमन्त्री

नेपालखबर
फागुन ३०, २०८० बुधबार १२:३२, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ सत्ता गठबन्धनको न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक हुने बताएका छन्। 

बुधवारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले राष्ट्रिय समस्याको समाधानका लागि सबै एक हुनुको विकल्प नरहेको बताए। 

उनले न्यूनतम साझा कार्यक्रम नै सरकार सञ्चालनको मुल आधार हुने बताए। उनले सुशासन, प्रभावकारी सेवा प्रवाह र समृद्धि सरकारको मुल अठोट हुने बताए। उनले पुनःगठनसँगै पुँजीबजारमा आएको सकारात्मकताले सरकारप्रति जनअनुमोदन र समर्थन मिलेको बताए। 

उनले मिटरब्याजी पीडितसँग सहमति भएको र आरती शाहसँग सम्बन्धित समस्या पनि टुंगिएको बताए।

उनले भने, ‘राष्ट्रिय समस्याको समाधानका लागि पनि हामी एक ठाउँमा उभिनैपर्छ । सरकार गठनमा सहभागी दलहरुले न्युनतम साझा कार्यक्रमका लागि कार्यदल बनेको छ। आज बेलुकासम्ममा सार्वजनिक पनि हुनेछ । त्यही कार्यक्रम सरकार सञ्चालनको मूल आधार हुनेछ।’ 

सुशासन, प्रभावकारी सेवा प्रवाह र समृद्धि सरकारको मुल अठोट हुने उनको भनाइ छ। 

‘राजस्वको लक्ष्य पूरा गर्न, पूँजीगत खर्च बढाउन र बेरुजु घटाउन सरकारले नयाँ कार्यक्रम ल्याउनेछ। सरकार पुनःगठनसँगै पुँजीबजारमा आएको सकारात्मकताले सरकारप्रति जनअनुमोदन र समर्थन मिलेको छ’, उनले भने, ‘सोमबार मात्रै मिटरब्याजी पीडितसँग सहमति भएको छ। १० महिनादेखि लट्किएको आरती शाहसँग सम्बन्धित समस्या पनि टुंगिएको छ।’

प्रधानमन्त्री दाहालले रोजगारी सिर्जना र आयात प्रतिष्थापन सरकारको मुख्य काम रहेको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .