ad ad

कारोबार


ठूलोडटकमद्वारा शून्य प्रतिशत कमिसनमा अनलाइन पसल सार्वजनिक

ठूलोडटकमद्वारा शून्य प्रतिशत कमिसनमा अनलाइन पसल सार्वजनिक

नेपालखबर
फागुन २८, २०८० सोमबार १८:२७, काठमाडौँ

ठूलोडटकमले नेपाल चेम्बर अफ कमर्स एक्स्पो २०२४मा शुन्य प्रतिशत कमिसनमा अनलाइन पसलसहित विभिन्न रोचक अफरहरू सार्वजनिक गरेको छ।

यस वर्षको नेपाल चेम्बो एक्स्पो फागुन २४ देखि २८ सम्म रहेको थियो। जसमा ठूलोडटकमले बिजनेस डिजिटाइजेसनको लागि धेरै अफरहरु जस्तै शून्य प्रतिशत कमिसनमा अनलाइन पसल, बिजनेस इमेल रु १०० प्रति महिनाबाट, ई–कमर्स वेबसाइट  रु ९,९९९ मा, वेबसाइट डिजाइन रु २,९९९ मा, क्लाउड होस्टिङ रु २४९ बाट  र  बिजनेस होस्टिङ रु ४९९ बाट रहेका छन्।

साथै ठूलोडटकमले वर्कप्लेस नामक क्लाउड सफ्टवेर पनि हालसालै सार्वजनिक गरेको जनाएको छ जसमा सूक्ष्म देखि ठूलो व्यवसायले आफ्नो मार्केटिङ, सेल्स, ग्राहक सेवा, व्यवसाय सञ्चालन, वेबसाइट, ई–कमर्स, मानव संशाधन, अकाउन्टिङ, प्रशासन र रिपोर्टिङ सम्बन्धित क्रियाकलाप सजिलै गर्न सक्छन्। यति  विस्तृत कार्यहरु गर्न मिल्ने क्लाउड सफ्टवेर नेपालमा पहिलो पटक बनेको हो र यसलाई प्रयोग गर्ने व्यवसायहरूलाई बिशेसगरी डाटा व्यवस्थापन र छिटो तथा प्रभावकारी निर्णयहरु लिन यस क्लाउड सफ्टवेरले सहज बनाउँछ।

साथै पर्यटन व्यवसायीहरुका लागि पनि ठूलोडटकमले बुकिङ इन्जिन सहितको वेबसाइट सुबिधा दिँदै आएको छ र नेपाल चेम्बर एक्स्पोमा आफ्नो सम्पूर्ण सेवाहरुमा २० प्रतिशत छुट पनि प्रदान गरिरहेको छ।

ठूलोडटकम एउटा सूचना प्रविधिमा आधारित कम्पनी हो, जसको सेवाहरुले सन २००५ देखि व्यवसायहरुलाई प्रविधि, बजार र प्राविधिक ज्ञानको पहुँच गराउँदै आएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .