ad ad

कारोबार


उत्पादनमूलक उद्योगमा ७ महिनामा झण्डै ८२ अर्ब लगानी, ९ प्रतिशतले बढ्यो

अल्कोहल तथा पेय पदार्थको लगानी गिरावट
उत्पादनमूलक उद्योगमा ७ महिनामा झण्डै ८२ अर्ब लगानी, ९ प्रतिशतले बढ्यो

नेपालखबर
फागुन २८, २०८० सोमबार १८:३५, काठमाडौँ

उत्पादनमूलक क्षेत्रमा हुने लगानी ८ दशमलव ८ प्रतिशतले वृद्धि भएको छ। 

चालू आर्थिक वर्षको सुरुमा ७५ अर्ब २८ करोड रुपैयाँ कर्जा प्रवाहित भएकोमा ७ महिना अवधिमा झण्डै ९ प्रतिशतले वृद्धि भएर ८१ अर्ब ८९ करोड रुपैयाँ पुगेको हो।

गत आर्थिक वर्षको माघ मसान्तसम्ममा ७५ अर्ब ५० करोड रुपैयाँ उत्पादनमूलक क्षेत्रमा ऋण प्रवाह भएको थियो।

राष्ट्र बैंकका अनुसार उत्पादनमूलक क्षेत्रमा लगानी वृद्धि भइरहेको बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने ऋणले देखाएको छ। तर औद्योगिकअन्तर्गतकै अल्कोहल तथा पेयपदार्थ र तेलहनजस्ता उद्योगहरुमा भने लगानी घटेको छ। 

चालू आर्थिक वर्षको माघ मसान्तसम्मको तथ्याङ्कअनुसार खाद्य उद्योगहरुमा १३ अर्ब २५ करोड रुपैयाँ लगानी भएको छ। कृषि र वन उद्योगहरुमा ३ अर्ब ३७ करोड लगानी भएको छ।  

अल्कोहल तथा पेय पदार्थका उद्योगहरुमा चालू आर्थिक वर्षको सुरुमा ३ अर्ब ६८ करोड रुपैयाँ कर्जा प्रवाह भएको स्थितिमा ७ महिना अवधिमा त्यो घटेर ३ खर्ब ५० अर्ब रुपैयाँमा आइपुगेको छ। अर्थात् थप कर्जा प्रवाह नभएको नेपाल राष्ट्र बैंकले जनाएको छ। 

टोबाको क्षेत्रमा १५ करोड ४१ लाख रुपैयाँ मात्रै ऋण लगानी रहेको देखिएको छ। हस्तकला उद्योगहरुमा बैंक तथा वित्तीय संस्थाले १ अर्ब ४४ करोड रुपैयाँ लगानी गरेका छन्। 

यसबाहेक धागो उद्योग तथा कपडा उद्योगहरुमा ३ अर्ब १० करोड रुपैयाँबराबर लगानी गएको छ।  

यसअनुसार काष्ठ उद्योगहरुमा ३ अर्ब ६४ करोड रुपैयाँ, पेपर उद्योगहरुमा १ अर्ब ७० करोड, प्रिन्टिङ उद्योगहरुमा १ अर्ब ३८ करोड रुपैयाँ लगानी भएको छ। 

तेलहन उद्योगहरुमा जाने लगानी घटेको छ। ५६ करोड ३९ लाख लगानी चालू आर्थिक वर्षको सुरुमा रहेकोमा ७ महिनाको अन्तरमा ४३ करोड २६ लाख रुपैयाँ लगानी भएको छ। यी उद्योगहरुले ऋण चुक्ता गर्दै आए पनि थप लगानी भएको देखिएको छैन। 

औषधिजन्य उद्योगहरुमा २ खर्ब ९६ करोड लगानी जाँदा रंगरोगन उद्योगहरुमा १५ करोड ७९ लाख रुपैयाँ प्रवाह भएको छ। 

त्यसैगरी रबर टायर उद्योगहरुमा १८ करोड २९ लाख, छालाजन्य उद्योगमा ३१ करोड ४० लाख, प्लास्टिक उद्योगमा ३ खर्ब ६८ करोड, सिमेन्ट उद्योगहरुका १३ खर्ब २० करोड रुपैयाँ कर्जा प्रवाह भएको छ।  

तीबाहेक क्रसर उद्योगहरुमा २ खर्ब ७३ करोड रुपैयाँ र फलामजन्य उद्योगहरुमा १७ अर्ब ६१ करोड रुपैयाँ ऋण लगानी भएको देखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .