ad ad

कारोबार


सिभिल बैंकको नयाँ शाखा बाराको जितपुरमा

सिभिल बैंकको नयाँ शाखा बाराको जितपुरमा

नेपालखबर
फागुन १, २०७६ बिहिबार ५:४४,

सिभिल बैंकले बारामा आफ्नो नयाँ शाखा खोलेको छ। नेपाल राष्ट्र बैंकका मुख्य प्रबन्धक राजन विकम थापा तथा जीतपुर सिमरा उप–महानगरपालिकाका मेयर डा कृष्ण प्रसाद पौडेलले संयुक्त रुपमा सिभिल बैंक लिमिटेडको जीतपुर शाखाको उद्घाटन गरेका हुन्।

देशकै विकासोन्मुख सहरहरुमध्येको एक प्रमुख सहर जीतपुर सिमरामा शाखा उद्घाटन गर्दै शुभकामना मन्तव्य दिने क्रममा उद्घाटन कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका मुख्य प्रबन्धक थापाले देशको आर्थिक विकास बैंकहरुको सहभागिताविना हुन नसकिने भएकोले सिभिल बैंकले जीतपुरमा शाखा विस्तार हुँदा यस क्षेत्रको वित्तीय गतिविधिमा टेवा पुग्ने बताए।

उक्त कार्यक्रमका विशिष्ट अतिथि जीतपुर सिमरा उप–महानगरपालिकाका मेयर डा. कृष्ण प्रसाद पौडेलले जीतपुरमा सिभिल बैंकले शाखा खोलेकोमा खुसी व्यक्त गरे। उक्त अवसरमा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले देशको औद्योगीक नगरी वीरगञ्जसँग नजिक जीतपुरमा प्रशस्त औद्योगिक अवसरहरु रहेको र आफुले बैंकको तर्फबाट यस क्षेत्रको अर्थतन्त्र उकास्नका लागि सान्दर्भिक सेवा तथा सुविधाहरु प्रदान गर्ने कुरा बताए।

साथै सोही कार्यक्रमबीच सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले फकिरा गिरी राजेश्वर गिरी माध्यमिक विद्यालयका प्रधानाध्यापक राजु कुमार सिंहलाई विद्यालयको इ–लाईब्रेरीको लागि एक थान कम्प्युटर हस्तान्तरण गरे।

उक्त शाखाको उद्घाटन समारोहमा नेपाल राष्ट्र बैंकका मुख्य प्रबन्धक राजन बिकम थापा, जीतपुर सिमरा उप–महानगरपालिकाका मेयर डा. कृष्ण प्रसाद पौडेल, सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ लगायत सो क्षेत्रका राजनैतिक व्यक्तित्वहरु, उद्योगी, व्यवसायी, गन्यमान्य ब्यक्ति तथा सर्वसाधारणको बाक्लो उपस्थिति थियो।

सिभिल बैंकको हालसम्म ४ लाख १५ हजारभन्दा बढी ग्राहकहरु छन् भने बैंकले ५२ अर्बभन्दा बढी निक्षेप परिचालन गरी करिब ५० अर्ब कर्जा लगानी गरेको र यस बैंकको प्रदेश न २ मा यस शाखा समेत गरी १३ शाखा तथा नेपालभर कुल शाखा संख्या १०७ पुगेकोे पनि बैंकले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .