ad ad

कारोबार


प्रभु बैंक र एन प्याब्सनबीच बैंकिङ्ग कारोबार सम्झौता

प्रभु बैंक र एन प्याब्सनबीच बैंकिङ्ग कारोबार सम्झौता

नेपालखबर
फागुन १, २०७६ बिहिबार ५:३२,

प्रभु बैंक लि. र सिनामंगल, काठमाडौस्थित निजी क्षेत्रका विद्यालयहरुको छाता संगठन एन प्याब्सनबीच बैंकिङ्ग कारोबार प्रभु बैंकमार्फत गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ।

बैंकको प्रधान कार्यालय बबरमहल काठमाडौंमा बुधबार एक समारोहका बीच उक्त सम्झौता भएको हो। बैंकका अनुसार प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र एन प्याब्सनका तर्फबाट अध्यक्ष विष्णु पराजुलीले हस्ताक्षर गरेका हुन्।

सम्झौताबमोजिम एनप्याब्सनको आधिकारिक बैंक प्रभु बैंक लि. हुनेछ। एन प्याब्सनले आप्mनो सम्पूर्ण आर्थिक कारोबार प्रभु बैंकमार्फत गर्नेछ भने एनप्याब्सनअन्तर्गत सदस्यता ग्रहण गरेका निजी क्षेत्रका विद्यालयहरुले पनि आफूलाई पायक पर्ने प्रभु बैंकको जुनसुकै शाखा कार्यालयमा खाता खोली विद्यार्थीहरुबाट संकलन गर्ने शैक्षिक शुल्क बैंकमार्फत नै संकलन गर्न लगायत सम्पूर्ण आर्थिक कारोबार प्रभु बैंकमार्फत गर्न सक्नेछन्।

उक्त विद्यालयहरुमा कार्यरत शिक्षक तथा अन्य कर्मचारीहरुको तलबी खाता पनि प्रभु बैंकमै खोली सम्पूर्ण शिक्षक तथा कर्मचारीहरुले बैंकमार्फत नै तलब भुक्तानी लिन सक्नेछन् । एन प्याब्सनअन्तर्गत सदस्यता लिएका निजी विद्यालयहरुमा कार्यरत शिक्षक विद्यार्थी, कर्मचारी तथा सम्बन्धित अभिभावकहरुलाई एकीकृत वित्तीय सेवाहरु नेपाल धितो पत्र बोर्डमा सुचिकृत कम्पनीहरुको आईपिओ, एफपिओ, डिबेञ्चर लगायतको सूचना उपलब्ध हुनुका साथै सेयर कारोबार प्रयोजनका लागि आवश्यक पर्ने डिम्याट खाता खोल्ने सुविधा समेत उपलब्ध हुनेछ। एन प्याब्सनले आयोजना गर्ने संस्थागत वार्षिक कार्यक्रम लगायत जुनसुकै कार्यक्रमहरुमा आधिकारिक बैंकको रुपमा प्रभु बैंकको नाम उल्लेख गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .