ad ad

कारोबार


सिफारिस समितिले बुझायो प्रतिवेदन : निगम सुधार्न होटल सोल्टीको सेयर बेच्न सुझाव

सिफारिस समितिले बुझायो प्रतिवेदन : निगम सुधार्न होटल सोल्टीको सेयर बेच्न सुझाव

तस्बिर : नेपालखबर


नेपालखबर
फागुन १७, २०८० बिहिबार १३:४७, काठमाडौँ

पूर्वगर्भनर दीपेन्द्रबहादुर क्षेत्री नेतृत्वको नेपाल वायुसेवा निगम संरचनागत सुधार अध्यायन समितिको प्रतिवेदन अध्ययन तथा कार्यन्वयन सिफारिस समितिले प्रतिवेदन बुझाएको छ।

पूर्व क्याप्टेन कुलबहादुर लिम्बू नेतृत्वको सिफारिस समितिले बिहीबार चौथो प्रतिवेदन बुझाएको हो।

समितिले संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, मन्त्रालयका सचिव दीपक काफ्ले र नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवाराज अधिकारीलाई संयुक्तरुपमा प्रतिवेदन बुझाएको हो।

समितिले बुझाएको प्रतिवेदनमा मुख्यगरी ४ बुँदा समावेश गरिएको छ।

पहिलो बुँदमा आन्तरिक लेखा परीक्षण प्रभावकारी बनाउने, दोस्रोमा सञ्चालक समितिको निर्णय र निगमको सुशासन प्रभावकारी बनाउन लेखा समिति बनाउने, तेस्रोमा निगमलाई आर्थिकरुपले प्रभावकारी बनाउन सोल्टी होटलको सेयर बिक्री गर्ने रहेको छ।

त्यस्तै चौथो बुँदामा निगमको यथार्थपरक व्यावसायिक कार्ययोजना बनाउने प्रतिवेदनमा उल्लेख गरिएको छ।

प्रतिवेदनलाई प्रभावकारी कार्यन्वयनका लागि मन्त्री किरातीले निगमका कार्यकारी अध्यक्ष अधिकारीलाई निर्देशन दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .