कारोबार


नेपालमै पहिलोपटक टुरिजम् हिरो अवार्ड्स् आयोजना हुँदै, ३१ विधामा प्रदान गरिने

नेपालमै पहिलोपटक टुरिजम् हिरो अवार्ड्स् आयोजना हुँदै, ३१ विधामा प्रदान गरिने

नेपालखबर
फागुन २, २०८० बुधबार १०:५३, काठमाडौँ

नेपालको पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउने व्यक्ति तथा संस्थामध्येबाट देशमै पहिलोपटक ३१ विधामा टुरिजम् हिरो अवार्ड्स् प्रदान गरिने भएको छ।

ग्लोबल टुरिजम् प्रोमोसन काउन्सिलले नेपालमै पहिलोपटक टुरिजम् हिरो अवार्ड्स् २०२४ आयोजना गर्न लागेको हो।

होटलतर्फका १४ तथा पर्यटनका अन्य १७ विधा गरी कूल ३१ विधामा पाँच सयभन्दा बढीले प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ। टुरिजम् हिरो अवार्डको नोमिनेस आजैबाट खुला गरिएको छ। 

टुरिजम् हिरो अवार्ड्स् २०२४ को आधिकारिक वेबसाइट टुरिजम् हिरो डट ओआरजीमा गएर जो कोहीले आफ्नै वा अरूका लागि समेत विस्तृत विवरण भरी नोमिनेसन फाइल गर्न सक्नेछन्। 

यसरी प्राप्त नोमिनेसनमध्येबाट पूर्ण र आधिकारिक विवरण भरिएका नोमिनेसनलाई सर्टलिस्ट गरी भोटिङका लागि योग्य बनाइनेछन्।

भोटिङका लागि आवश्यक लिङ्क नोमिनेसन भर्ने अधिकारिक व्यक्ति तथा सर्वसाधारणलाई उपलब्ध गराई बढीभन्दा बढी भोटिङका लागि आह्वान गरिनेछ। 

प्राप्त पब्लिक भोटलाई आधार मान्दै हाम्रा सम्मानित जुरिहरूको अन्तिम निर्णयका आधारमा आगामी मार्च १९ गते विजेता घोषणा गरी टुरिजम् हिरो अवार्ड ट्रफीसमेत हस्तान्तरण गरिनेछ। यो सम्पूर्ण प्रक्रिया वेभमा आधारित र निःशुल्क हुनेछ।

टुरिजम् हिरो अवार्ड्स् २०२४ को आयोजक ग्लोबल टुरिजम् प्रोमोसन काउन्सिलका अध्यक्ष धमेन्द्र सापकोटाले अवार्ड विशुद्ध पर्यटन प्रवर्द्धननमा योगदान पुर्‍याउने व्यक्ति तथा संस्थालाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad