कारोबार


महालक्ष्मी लाइफ इन्स्योरेन्सकाे १ वर्ष पूरा, १६ कराेड नाफा कमायाे

महालक्ष्मी लाइफ इन्स्योरेन्सकाे १ वर्ष पूरा, १६ कराेड नाफा कमायाे

नेपालखबर
माघ २७, २०७६ सोमबार ८:१५,

महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले कार्यसञ्चालनको एक वर्ष पूरा गरेको छ। नेपालको बीमा बजारमा चालिसौँ र जीवन बीमा कम्पनीहरुमा १९औँ कम्पनीको रुपमा कारोबार सञ्चालन गरेको महालक्ष्मी लाइफ सबैभन्दा कान्छो बीमा कम्पनी हो।

कम्पनीले २०७५ माघ २७ गतेबाट जीवन बीमा कारोबार प्रारम्भ गरेको थियाे। कम्पनीले एक वर्षमा ३८ जिल्लामा ६० वटा शाखा/उपशाखा सञ्चालन गरिसकेको जनाएकाे छ। त्यसैगरी ६० जिल्लामा अभिकर्ता तालिम सञ्चालन गरी बीमा समितिबाट इजाजत लिएर ७ हजार ३ सय २३ अभिकर्ताहरु कम्पनीमा कार्यरत छन्।

कम्पनीले १ वर्षको छोटो अवधिमा महालक्ष्मी डवल सावधिक बीमा, महालक्ष्मी सावधिक आजीवन बीमा, महालक्ष्मी वार्षिक धन फिर्ता बीमा, महालक्ष्मी जीवन हेरचाह बीमा, महालक्ष्मी सावधिक बीमा, महालक्ष्मी सरल बीमा, महालक्ष्मी जीवन सुरक्षा म्यादी बिमा, महालक्ष्मी लगानी फिर्ता म्यादी बीमा र महालक्ष्मी सामूहिक म्यादी जीवन बीमा गरी ९ वटा बीमा पोलिसी प्रचलनमा ल्याइसकेको छ। कारोबार प्रारम्भको १ वर्षको छोटो अवधिमा कुल ५६ करोड बीमा शुल्क संकलन गर्न कम्पनी सफल भएको छ।

कम्पनीले २०७६ असार मसान्तसम्म ११ करोड १३ लाख र २०७६ पुस मसान्तमा ५ करोड १८ लाख खुद मुनाफा गरेको छ। एक वर्षको कारोबारमा कुल बीमा प्रिमियम आयको तुलनामा कम्पनीको जीवन बीमा कोष ७९ प्रतिशत र बैदेशिक रोजगार पुल दाबीबाहेक कम्पनीको दाबी भुक्तानी शुन्य प्रतिशत रहेको छ।

जुन सबै जीवन बीमा कम्पनीहरुमा उत्कृष्ट रहेको छ। कम्पनीले आ.व. २०७६/०७७ को अन्त सम्ममा थप २५ वटा शाखा/उपशाखा संचालन गरी प्रथम बीमा शुल्क संकलनमा अरब क्लवमा पुग्ने लक्ष्य लिएको कम्पनीले जनाएकाे छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad