नोबल कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ९ सय १० पुगेको छ।
कोरोनको संक्रमण बढ्दै जाँदा दिनहुँ मृतकको संख्या बढ्दै गएको छ। सोमबारसम्मको तथ्यांकअनुसार कोरोनको संक्रमण ४० हजार भन्दा बढीमा देखिएको छ।
संक्रमित धेरै भएकाले मृतकको संख्या बढ्नसक्ने बताइएको छ।
सन् २००३ को सार्स महामारीले ७ सय ७४ जनाको ज्यान लिएको थियो। नोबल कोरोना भाइरसले सार्सले भन्दा बढी ज्यान लिएको हो।
कोरोनाको संक्रमण २५ भन्दा बढी देशमा फैलिसकेको छ। मुख्यक्षेत्र चीन बाहिर कोरोनाबाट फिलिपिन्समा एक र हङकङमा एकको मृत्यु भएको छ। चीन बाहिर ४४० जनामा संक्रमण देखिएको छ।
चीनको हुपेइ प्रान्तको वुहान शहरबाट यस भाइरस फैलन सुरु भएको हो। एजेन्सी
यो पनि।

प्रतिक्रिया