ad ad

कारोबार


निगम भन्छ- भाडामा ल्याउने जहाजले नयाँ गन्तव्य र भैरहवामा उडान गर्छौं

निगम भन्छ- भाडामा ल्याउने जहाजले नयाँ गन्तव्य र भैरहवामा उडान गर्छौं

नेपालखबर
माघ २३, २०८० मंगलबार १५:५९, काठमाडौँ

नेपाल वायुसेवा निगमले नयाँ गन्तव्यमा उडान गर्नको लागि न्यारोडबी भाडामा लिन लागेको बताएको छ।

निगमसँग भएका २ वटा जहाज जापान, सिड्नी र कोरिया उडानमा प्रयोग हुँदा अन्य सेक्टरमा उडान समस्या भएकाले थप २ जहाज भाडामा लिन लागेको जनाएको हो। 

निगमका अनुसार भाडामा ल्याउने जहाजले सो चापलाई व्यवस्थापन गरी दिल्ली, दुबई, दोहा, मलेसियालगायतका सेक्टरमा उडान थप गरी आय बढाउने तथा भैरहवाबाट समेत अन्य गन्तव्यमा उडान भर्ने योजना रहेको प्रवक्ता रमेश पौडेलले जानकारी दिए। 

पौडेलले नेपाल वायुसेवा निगमले देशको पर्यटन प्रवर्द्धनमा समेत सशक्त उपस्थिति देखाई विदेशी पर्यटकहरुलाई समेत सेवा दिने उद्देश्यले दुईवटा न्यारोबडी जहाज वेट लिजमा लिने प्रक्रिया अघि बढाएको बताए। 

निगमले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहमति लिई अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको जनाएको छ। 
 

नेपाल सरकारबाट विभिन्न समयमा गठित निगम सुधार आयोग, समितिहरुले समेत निगमको सम्भावित व्यापारलाई विस्तार गर्न अहिले भएका जहाजले नपुग्ने र तत्काल जहाज थप्नुपर्ने सुझाव दिएका थिए। 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको विशेष निर्देशन र निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको दश वर्षे व्यावसायिक योजनाअनुरुप बजार विस्तार गर्नको लागि जहाज थप गर्न लागिएको जनाएको छ। 

निगमले भाडाका जहाजहरु आगामी जुलाई सम्ममा आइसक्ने अपेक्षा गरेको छ।

निगमका प्रवक्ता रमेश पौडेलले जहाज भाडामा लिन थप आर्थिक दायित्व नपर्ने बताएका छन्।

‘हामीले भाडामा लिन लागेका हौं। जहाज, मर्मत खर्च, क्याबिन क्रु सबै भाडामा दिने कम्पनीको हुन्छ,’ पौडेलले भने,‘निगमको गन्तव्यमा उडान गर्ने मात्रै हो। उसलाई मासिक वा वार्षिक भाडा दिन्छ।’

भाडामा दिने कम्पनीले जहाज बिग्रिएपनि आफै बनाउनु पर्नेगरी सम्झौता हुने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .