उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले राइड सेयरिङ एपलाई उद्योगको मान्यता दिएको छ।
राजपत्रमा सूचना प्रकाशित गर्दै औद्योगिक व्यवसाय ऐन २०२६ अनुसार राइड सेयरिङ सेवालाई उद्योगको रुपमा दर्ता गर्ने भएको हो।
नेपालमा टुटल, पठायो, इनड्राइभ, बोल्ट लगायतका साइड सेयरिङ एप सञ्चालनमा रहेका छन्। तर सरकार कानुनी मान्यता नदिदा व्यवसायको रुपमा दर्ता हुन पाएका थिएनन्।
81
Shares

प्रतिक्रिया