ad ad

कारोबार


राष्ट्रिय वाणिज्य बैंकले १२ प्रतिशत लाभांश वितरण गर्ने

राष्ट्रिय वाणिज्य बैंकले १२ प्रतिशत लाभांश वितरण गर्ने

नेपालखबर
माघ २४, २०७६ शुक्रबार ११:४१,

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको चौधौं वार्षिक साधारण सभा सम्पन्न भएको छ। साधारण सभाले १२ प्रतिशत नगद लाभाससहितको आ.व. २०७५/०७६ को वार्षिक प्रतिवेदन पारित गरेको छ।

बैंक सञ्चालक समितिका अध्यक्ष निर्मलहरि अधिकारीको अध्यक्षतामा सम्पन्न वार्षिक साधारण सभामा अध्यक्ष अधिकारीले प्रतिवेदन प्रस्तुत गर्दै सरकारको अधिकांश स्वामित्व भएको यस बैंकले विगत देखिनै सरकारी नीति तथा कार्यक्रमहरुको कार्यन्वयनमा प्राथमिकताका साथ सहकार्य गरिरेहको बताए।

साधारण सभामा बैंकका शेयरधनीहरु क्रमशः नेपाल सरकारका अर्थ मन्त्रालय, महालेखा नियन्त्रकको कार्यालय, पर्यटन तथा नागरिक उड्यान मन्त्रालय, भैतिक पूर्वाधार तथा यातायात मन्त्रालय, उद्योग मन्त्रालय, वाणिज्य तथा आपूर्ती मन्त्रालय, उर्जा मन्त्रालय, सिंचाइ मन्त्रालयका प्रतिनिधि तथा सार्वसाधारण शेयरधनीहरुको उपस्थिति रहेको थियो।

अध्यक्ष अधिकारीले प्रस्तुत गरेको प्रतिवेदन माथी शेयरधनिहरु अमृतनाथ रेग्मी र दामोदर प्रसाद रेग्मी, डमरु बल्लभ घिमिरे, राजेश शाक्य र रामगोपाल महर्जनले टिप्पणी गर्नुका साथै बैंक सुधारको निमित्त विभिन्न सुझाब सहितको धारण राखेका थिए। सो टिप्पणी एवं जिज्ञासाबारे बैंक सञ्चालक समितिका अध्यक्ष निर्मलहरि अधिकारीले जवाफ दिएका हुन्।

सो साधारण सभामा बैंकका संचालक समितिका सदस्यहरु धनिराम शर्मा, जनककुमार बराल, प्रा.डा. राजनबहादुर पौडेल, प्रा.डा. माधबप्रसाद दाहाल, प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृतद्धय कबिराज अधिकारी र केशव प्रसाद लम्साल, उपकार्यकारी अधिकृतहरु, टेकराज जोशी, महेन्द्रप्रसाद अवस्थी, सरस्वती अधिकारी, देवेशप्रसाद लोहनी, देवेन्द्ररमण खनाल र विभागीय प्रमुखहरु, लेखापरिक्षक, सल्लाहकारहरु, बैंकभित्र क्रियाशिल ट्रेड युनियका अध्यक्षहरु लगायतकोे उपस्थिती रहेको थियो।

साभारण सभालाई कम्पनी सचिव भोलानाथ पौडेलले सहजीकरण गरेका थिए। बैंकको हाल ७७ जिल्लामा २३९ वटा शाखा कार्यालय, २०५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .