ad ad

कारोबार


बीमा कम्पनीहरुलाई मर्जमा जान अर्थमन्त्रीको सुझाव

बीमा कम्पनीहरुलाई मर्जमा जान अर्थमन्त्रीको सुझाव

नेपालखबर
माघ २४, २०७६ शुक्रबार ११:२८,

अर्थमन्त्री डा. युवराज खतिवडाले बीमा कम्पनीहरुले सेवाको गुणस्तर र पहुँचमा ध्यान दिनुपर्ने बताएका छन्।

शुक्रबार काठमाडौंमा आयोजित ‘इन्स्योरेन्स समिट २०२०’ लाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले बीमाका सेवाहरुको विस्तारमा ध्यान दिन आग्रह गरेका हुन्। उनले बीमा कम्पनीहरुको संख्या धेरै भएकाले मर्जमा जान समेत सुझाव दिए।

बजारमा प्रतिस्प्रधा बिना नै बीमा प्रिमियम तोक्दा बीमाको दर उच्च रहेको बताउँदै त्यसमा सुधार गरेर जानुपर्नेमा उनले जोड दिए। अर्थमन्त्री खतिवडाले बीमा बजारमा माइक्रो इन्स्योरेन्स पोलिसिहरुको आवश्यकता रहेको र त्यसमा बीमा कम्पनीहरुलाई सोच्न समेत आग्रह गरे। उनले सरकारले माइक्रो इन्स्योरेन्स कम्पनी ल्याउने योजना बनाएको समेत बताए।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले नियामक निकाय बीमा समितिले बीमा कम्पनीहरुको मात्र सुरक्षा गर्ने नीति ल्याएको तर कसरी बजार विस्तार गर्न सकिन्छ भन्नेमा ध्यान नदिएको बताए। उनले बीमा समितिले इन्स्योरेन्सको न्यूनतम दर तोक्दा इन्स्योरेन्स प्रिमियम बढेको बताए। अन्य मुलुकमा खुल्ला बजार अर्थतन्त्र अनुसार बजारले इन्स्योरेन्सको दर आफै तोक्ने अथवा अधिकतम दर तोकी बजारमा प्रतिस्प्रधाको बाटो खुल्ला राख्ने गरिन्छ तर नेपालमा न्यूनतम दर तोकेर प्रिमियम बढाइएको बताए।

बीमा कम्पनीको संख्या धेरै भएपनि प्रतिस्प्रधा नहुँदा सस्तो र गुणस्तरिय बीमा सेवाको विकास हुन नसकेको वरिष्ठ उपाध्यक्ष गोल्छाले बताए। उनले इन्स्योरेन्स प्रिमियम उच्च हुँदा कस्ट अफ डुइङ बिजनेस बढेको समेत बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .