कारोबार


युरो र पाउण्डको भाउ घट्यो, अमेरिकी डलरको बढ्यो (हेर्नुहोस् सूची)

युरो र पाउण्डको भाउ घट्यो, अमेरिकी डलरको बढ्यो (हेर्नुहोस् सूची)

नेपालखबर
पुस २२, २०८० आइतबार ६:२६, काठमाडौँ

नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। आज अमेरिकी डलरको भाउ थोरै बढ्दा युरो र पाउण्डको भाउ भने घटेको छ। 

आजको लागि अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ७५ पैसा र बिक्री दर १३३ रुपैयाँ ३५ पैसा तोकिएको छ। 

शुक्रबार अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ८८ पैसा र बिक्रीदर १३३ रुपैयाँ ४८ पैसा थियो।

त्यसैगरी आजको युरो एकको खरिददर १४४ रुपैयाँ ८६ पैसा र बिक्री दर १४५ रुपैयाँ ५१ पैसा तोकिएको छ। शुक्रबार १ यूरोको खरिददर १४५ रुपैयाँ ५७ पैसा र बिक्रीदर १४६ रुपैयाँ २३ पैसा तोकिएको थियो।

आजको लागि बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ९८ पैसा र बिक्री दर १६८ रुपैयाँ ७३ पैसा निर्धारण गरिएको राष्ट्रबैंकले जनाएको छ। यसअघिको कारोबारमा १ पाउण्डको खरिददर १६८ रुपैयाँ ८२ पैसा र बिक्रीदर १६९ रुपैयाँ ५९ पैसा थियो। 

त्यस्तै कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४१ पैसा र बिक्री दर ३६ रुपैयाँ ५८ पैसा तोकिएको छ भने कुवेती दिनार १ को खरिददर ४३१ रुपैयाँ ५२ पैसा र बिक्रीदर ४३३ रुपैयाँ ४८ पैसा तोकिएको छ।

बहराइन दिनार भने १ को खरिददर ३५२ रुपैयाँ १२ पैसा र बिक्रीदर ३५३ रुपैयाँ ७१ पैसा तोकिएको छ।  

हेर्नुहाेस् अरु मुद्राकाे सूची

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad