ad ad

समाज


आजको मौसम पूर्वानुमान : उच्च भूभागमा हिमपात, तराई मधेशमा हुस्सु/कुहिरो

आजको मौसम पूर्वानुमान : उच्च भूभागमा हिमपात, तराई मधेशमा हुस्सु/कुहिरो

फाइल तस्बिर


नेपालखबर
पुस २२, २०८० आइतबार ६:३८, काठमाडौँ

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

यतिबेला (आइतबार बिहान) कोशी र गण्डकी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था छ। तराईका केही स्थानमा हुस्सु र कुहिरो लागिरहेको छ।

आइतबार दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली हुनेछ भने कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागको एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानाुमान महाशाखाले जनाएको छ। 

आज दिउँसो बाँकी प्रदेशमा भने मौसम सामान्यताया सफा रहने छ। आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली हुनेछ। 

महाशाखाका अनुसार सोमबार कोशी, बागमती, गण्डकी र कर्णाली  प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने छ। देशका विभन्न भूभागमा मौसम बदली भएपनि वर्षाको सम्भावना भने कतै देखिएको छैन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .