ad ad

कारोबार


बोर्ड अध्यक्षको कार्यकालमा हमालले गर्न नसकेका यी ३ काम

बोर्ड अध्यक्षको कार्यकालमा हमालले गर्न नसकेका यी ३ काम

नेपालखबर
पुस २०, २०८० शुक्रबार १६:३१, काठमाडौँ

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालको कार्यकाल सकिएको छ।

उनको २१ महिने कार्यकाल सकिएपछि बोर्डको नेतृत्वबाट शुक्रबार बाहिरिएका छन्। छोटो कार्यकालमा हमालले सेयरबजारको विकास र विस्तारमा धेरै नीतिगत सुधार गरे। 

तर उनले गर्न चाहेर पनि तीनवटा काम भने पूरा गर्न सकेनन्। बन्ड मार्केट स्थापना, साना कम्पनीको छुट्टै इन्डेक्स बनाउने र सेवा डिजिटलाइजेसनको काम पूरा गर्न नसकेका हुन्।  

यस अवधिमा ‘बन्ड मार्केट’ स्थापना गर्ने काम पूरा गर्न नसकेको हमालले बताए। 

‘बन्ड मार्केट स्थापना गर्न गृहकार्य भइरहेको थियो। त्यो गृहकार्यलाई अगाडि बढाएर बन्ड मार्केटलाई चलायमान बनाउने र सेकेन्डरी मार्केटमा पनि बन्ड मार्केटलाई चलायमान बनाउने सपना थियो’, हमालले अध्यक्षबाट विदा हुँदै भने, ‘त्यसमा अध्ययन गरिरहेका थियौँ। तर, काम पूरा गर्न सकिएन।’ 

त्यसैगरी, सबै सेवा डिजिटलाइजेसन गर्न नसकेको हमाल बताउँछन्।

‘सेवाग्राही र सेवा कम्पनीहरूले पाउने काम डिजिटल माध्यमबाट हुनुपर्छ। त्यसको लागि प्रयास गर्यौं। तर, गर्न सकिएन’, हमालले नेपालखबरसँग भने।  

समयावधि छोटो भएको हुँदा काम गर्न नसकिएको उनको भनाइ छ। 

उनका अनुसार बजार अनुमगनको लागि ‘रियल टाइम सर्भिलेन्स सिस्टम’ (तत्काल अनुगमन प्रणाली) चाहिन्छ। त्यसको लागि डेटा सेन्टर, सर्भर सेन्टर बनाउने भनेर धेरै अध्ययनको काम गरे पनि पूरा नभएको उनले बताए।  

यता एसएमई प्लेटफर्मको काम ९९.९ प्रतिशत पूरा गरिएको हमालले बताए। 

‘एसएमई प्लेटर्फम काम ९९.९ प्रतिशत सम्पन्न भएको छ’, उनले भने, ‘केही बाँकी रहेको काम आगामी अध्ययक्षले बाँकी गर्नुहुनेछ भन्नेमा विश्वस्त छु।’

धितोपत्र बोर्डको मुख्य कार्यालय भवन चाँडै बन्नेमा उनको विश्वास छ। जाँदाजाँदै उनले आफ्नो कार्यकालमा बोर्डले कैयौँ सकारात्मक सुधारका प्रयासको थालनी गरेको समेत बताए।  

तत्कालीन अध्यक्ष भीष्मप्रसाद ढुंगानाले विवादमा परेर राजीनामा दिएपछि सरकारले हमाललाई नियुक्त गरेको थियो। उनले २०७८ फागुन ५ मा बोर्डको नेतृत्व लिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .