धितोपत्र बोर्ड नेपालका अध्यक्ष रमेश कुमार हमालले आफ्नो कार्यकालमा बोर्डले कैयौँ सकारात्मक सुधारका प्रयासको थालनी गरेको बताएका छन्।
उनको कार्यकाल आज सकिएको छ। एक विज्ञप्ति जारी गर्दै उनले सार्वजनिक भूमिकामा नयाँ अनुभव र प्रयास गर्ने गरी नै २०७८ फागुन ५ मा अध्यक्षको जिम्मेवारी लिएको बताउँदै यो अवधिमा धेरै सुधार सुरु गरेको उल्लेख गरे।
‘स्टार्टअप तथा उद्यमशीलता विकास र पुँजी निर्माणको सबलीकरण एवं एसएमईको इको सिस्टमको माध्यमले एक नयाँ आयाम सिर्जना गर्नेछ’, उनले भनेका छन्।
आफ्नो कार्यकालमा सेयरबजारलाई स्वच्छ र पारदर्शी बनाउने तथा उच्चतम जवाफदेहिता राखी कानुन कार्यान्वयनको स्थिरताबाट लगानीकर्ताको हित संरक्षणलाई निरन्तरता दिएको उनको भनाइ छ।
विशेष गरी स्तुतिको संस्कारबाट कार्यसम्पादन संस्कारमा बदलेको उनको दाबी छ।
Shares
प्रतिक्रिया