कारोबार


अख्तियारले बैंकहरुलाई भन्योः २ अर्ब ४१ करोड सुरक्षण गर्न राष्ट्र बैंकलाई सोध

अख्तियारले बैंकहरुलाई भन्योः २ अर्ब ४१ करोड सुरक्षण गर्न राष्ट्र बैंकलाई सोध

नेपालखबर
माघ २२, २०७६ बुधबार १४:११,

ललिता निवासकाे सरकारी जग्गा व्यक्ति विशेषको नाममा ल्याई २ अर्ब ४१ करोड ६९ लाख ऋण लिएको पाइएको छ। सो जग्गा धितो राखि दिइएको ऋण रकमको सुरक्षण गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बैंकहरुसँग आग्रह गरेकाे छ।

त्यसको लागि नेपाल राष्ट्र बैंकसँग सुझाव लिन बैंकहरुलाई अख्तियारले भनेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा बुधबार दायर गरिएकाे मुद्दामा ‘अर्वौको कर्जा प्रवाह भएको अवस्थामा बैंक तथा वित्तीय संस्थामा रहेको सर्वसाधरणको अर्बौको निक्षेपको सुरक्षण गर्न नेपाल राष्ट्र बैंकलाई सुझाव लेखी पठाउन' भनिएकाे छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .