ad ad

कारोबार


सुनको मूल्य प्रतितोला ८ सयले घट्यो

सुनको मूल्य प्रतितोला ८ सयले घट्यो

नेपालखबर
माघ २२, २०७६ बुधबार १२:११,

स्थानीय बजारमा बुधबार सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य प्रतितोला रु ७५ हजार २०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ७४ हजार ९०० मा झरेको छ।

आइतबार र सोमबार स्थिर रहेको छापावाला सुनको मूल्य मङ्गलबार प्रतितोला रु ५ सयले घटेर रु ७६ हजार र तेजाबी सुनको मूल्य रु ७५ हजार ७ सय पुगेको थियो।

यस्तै चाँदीको मूल्य पनि प्रतितोला रु पाँचले घटेको छ। महासंघले चाँदीको मूल्य प्रतितोला रु ८७५ तोकेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .