ad ad

समाज


रुसलाई प्रतिकार गर्न अमेरिकाले तैनाथ गर्‍यो नयाँ आणविक हतियार

रुसलाई प्रतिकार गर्न अमेरिकाले तैनाथ गर्‍यो नयाँ आणविक हतियार

नेपालखबर
माघ २२, २०७६ बुधबार १२:३२,

रुसको विशेष रणनीतिक हतियारलाई प्रतिकार गर्न अमेरिकाले नयाँ समुन्द्री हतियार तैनाथ गरेको सीएनएनले जनाएको छ।

अमेरिकी रक्षा मन्त्रालयले मंगलबार आफूहरुले ‘डब्लू७६–२ लो–यिल्ड सबमरिन ब्यालेस्टिक मिसाइल वारहेड’ विभिन्न क्षेत्रमा तैनाथ गरेको पुष्टि गरेको छ।

रुसले केही समय अगाडि आफूहरुले विशेष रणनीतिक हतियार तैनाथ गरेको बताएको थियो। अमेरिकाले रुसले त्यस्तो बताएको केही समयमै नयाँ हतियार तैनाथ गरेको हो।

गतवर्षको फेब्रुअरीमा यस हतियार निर्माण भएको जनाइएको छ। यस हतियारले दुश्मनको आक्रमण प्रतिकार गर्न सहज हुने बताइएको छ।

अब अमेरिकाको प्रत्यके पनडुब्बीले यो नयाँ हतियार बोक्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .