डिजिटल वालेट ‘आईएमई पे’ र एजुकेसन पार्कबीच आईईएलटीएस र पीटीईको तयारी कक्षामा ५० प्रतिशत छुट दिने सम्झौता भएको छ।
उक्त सम्झौता अनुसार सिभिल मल, काठमाडौंको आठौं तलामा रहेको एजुकेशन पार्कमा आईईएलटीएस र पीटीईको तयारी कक्षा लिन इच्छुक विद्यार्थीले आईएमई पे मार्फत कक्षाको शुल्क भुक्तानी गर्दा सो छुट प्राप्त गर्न सक्नेछन्।
यही पुस ६ गतेबाट लागू भएको सो योजनाको अवधि तीन महिनाको हुनेछ।
आईईएलटीएस र पीटीई कक्षामा अग्रणी एजुकेशन पार्क र नेपालको पहिलो भुक्तानी प्रदायक आईएमई पे बीचको यो योजनाले सो कक्षा लिन चाहने विद्यार्थीहरुलाई अझ सहज हुने कुरामा दुवैबै कम्पनीले विश्वास लिएका छन्।
योजनाको अवधि ३ महिनाको भएता पनि पहिला कक्षा बुक गर्ने विद्यार्थीहरुले आफ्नो समय अनुसारको कक्षाको छनौट गर्न सक्नेछन्।
विद्यार्थीहरु माझ अति नै लोकप्रिय दुवै कक्षा अनलाईन मार्फत समेत लिन सकिने व्यवस्था गरेको एजुकेशन पार्कले जनाएको छ।
Shares

प्रतिक्रिया