ad ad

कारोबार


१६औँ पञ्चवर्षीय योजना : ८० खर्बको जीडीपी लक्ष्य

१६औँ पञ्चवर्षीय योजना : ८० खर्बको जीडीपी लक्ष्य

नेपालखबर
पुस ५, २०८० बिहिबार १९:५५, काठमाडौँ

१६औँ पञ्चवर्षीय योजनाको मस्यौदा राष्ट्रिय योजना आयोगले तयार गरेको छ।

मस्यौदामा मुलुकको आर्थिक, सामाजिक रुपमा नयाँ गति दिने गरी अबको ५ वर्षको अवधीमा ८० खर्बको कूल ग्राहस्थ उत्पादन (जीडीपी)को लक्ष्य राखेको छ।

पाँच वर्षमा जलविद्युतमा हुने लगानीबाट उत्पादन हुने विद्युत, कृषि, भौतिक पूर्वाधारमा भएका लगानीले अर्थतन्त्र ल्याउने वृद्धिलाई आकलन गरेर ८० खर्बको प्रारम्भिक लक्ष्य दिएको जनाएको छ।

१६औँ योजना १४ र १५औँ योजनासँग तुलना योग्य नभएको उल्लेख गरेको छ। १४औँ योजना त्रिवर्षिय योजना भएकाले १४औँ योजनाले राखेको लक्ष्य पूरा गरेको बताएको हो। जुन ७.३ प्रतिशत लक्ष्य राखिएकोमा ७.५ प्रतिशत आर्थिक वृद्धि हासिल भएको छ।

आज एक कार्यक्रममा बोल्दै योजना आयोगका उपाध्यक्ष डा.मिनबहादुर श्रेष्ठले १६औँ योजनामा आयोगले मुलुकलाई नयाँ ड्राइभ दिने, वर्तमान आवश्यक योजना छनोट र कार्यान्वनको लक्ष्य गरी तीन कुरालाई प्राथमिकतामा राखेको योजना तर्जुमा गर्न लागिएको बताए।

मुलुकको सम्भावना र आवश्यकताका आधारमा आर्थिक, सामाजिक र वातावरणीय क्षेत्रमा नयाँ ड्राइभ दिने लक्ष्य रहेको उनले उल्लेख गरे। तर १६औँ योजनामा मुख्य के-के गर्ने भन्ने तर्जुमा गर्न बाँकी रहेको बताए।

उनले भने, ‘१६औँ योजनामा आयोगले तीन कुरालाई प्राथमिकतामा राखेको छ। पहिलो मुलुकलाई नयाँ ड्राइभ दिनु आवश्यक छ। मुलुकको सम्भावना र आवश्यकता जे छ त्यो कारणले आर्थिक सामाजिक र वातावरणिय क्षेत्रमा नयाँ ड्राइभ दिनुछ। नयाँ ड्राइभ दिन बनाएका योजना कार्यान्वयन हुने खालका बनाउनुछ।’

त्यो उद्देश्य पूरा गर्न कार्यान्वयन गर्नको लागि योजनाहरु तर्जुमा गर्नुपर्ने उनले बताए। विस्तृत रुपमा के गर्दा पूरा हुन्छ भनेर लागेको उनले उल्लेख गरे।

आयोगका अनुसार १६औँ योजनामा मुख्य के-के गर्ने भन्ने पूरा भइसकेको छैन। पाँच वर्षमा जलविद्युतमा कति लगानी भएर कति विद्युत उत्पादन हुन्छ? त्यो विषयमा उर्जा मन्त्रालयले १२ वर्षे रणनीति आयोगले बनाएको छ। कृषि, भौतिक पूर्वाधारमा भएका लगानीले मुलुकको अर्थतन्त्र वृद्धिमा सहयोग गर्छ भनि आकलन गरेर ८० खर्बको प्रभारम्भिक लक्ष्य छ। त्यसलाई परिवर्तन गर्नसक्ने सम्भावना छ। १६औँ योजना १४ र १५ औ योजनासँग तुलना योग्य छैन।

२०१३ देखि योजनावद्ध विकास योजनाहरु सुरु गरेको नेपालले सुरुका योजनाहरुले राखेजति लक्ष्य हासिल नभएपछि तेस्रो योजनामा लक्ष्य नै राख्न छाडियो। अन्तर्राष्ट्रिय मापदण्डअनुसार लक्ष्य राख्नुपर्छ भनेर लक्ष्य राख्न शुरु गरियो। लक्ष्य भन्दा कम पूरा हुने अवस्था थियो। तर १४ औं योजना बनाउँदा त्रिवर्षीय योजनाल राखेको लक्ष्य पूरा गरेको थियो। आर्थिक वृद्धि ७.३ प्रतिशत लक्ष्य राखिएकोमा ७.५ प्रतिशत हासिल भएको आयोगले बताएको छ।

उपाध्यक्ष श्रेष्ठले आजको कार्यक्रममा आर्थिक वर्ष २०८१/०८२ को बजेट तयारी कार्यको कार्य अघि बढाउन सम्बन्धित मन्त्रालय र निकायहरुमा पत्राचार गरेको बताए। उनले गत मंसिर २८ गते नै यस सम्बन्धमा पत्राचार गरिसकेको आयोगले बजेट तयारी कार्यमा विभिन्न विषयलाई उच्च प्राथमिकतामा राख्न भनि सकिएको समेत जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .