ad ad

राजनीति


माधव नेपालको निष्कर्ष : देश झन् झन् जटलितातर्फ धकेलिँदै गयो

माधव नेपालको निष्कर्ष : देश झन् झन् जटलितातर्फ धकेलिँदै गयो

फाइल तस्बिर


नेपालखबर
पुस ५, २०८० बिहिबार १९:५७, काठमाडौँ

सत्ता साझेदार नेकपा एकीकृत समाजवादीले पछिल्लो समय देश जटिलतातर्फ धकेलिँदै गएको निष्कर्ष निकालेको छ।

उक्त पार्टीका अध्यक्ष माधवकुमार नेपालले बिहीबार एक अन्तर पार्टी निर्देशिक जारी गर्दै देशमा भूराजनीतिक तनाव बढ्दै गएको जनाएका हुन्। 

अध्यक्ष नेपालले मुलुकमा स्थिरतासहित विकासको पथमा अघि बढ्ने बलियो आधार अझै पनि नदेखिएको पनि जनाएका छन्। 

उनले पछिल्लो समय राष्ट्रिय राजनीति झन् झन् प्रतिकूलतातिर धकेलिन थालेको पनि अपानिमा उल्लेख गरेका छन्। पछिल्लो समय दक्षिणपन्थी र पुनरुत्थानवादी शक्तिहरूको सक्रियता बढ्दै गएको बताएका अध्यक्ष नेपालले यसका कारण अहिलेसम्म देशका उपलब्धि पनि धर्मराउने अवस्था आएकोमा चिन्ता जनाएका छन्। 

उनले एकपछि अर्को जटिलताका कारण नागरिकहरू पनि राज्यसँग विश्वस्त हुन नसक्ने अवस्था देखिएको उल्लेख गरेका छन्। 

‘पछिल्लो समय मुलुकमा भूराजनीतिक दबाब बढिरहेको छ। राष्ट्रिय हित र उपलब्धिविरुद्ध एकपछि अर्को षडयन्त्र देखिन थालेका छन्। त्यहीकारण अहिलेको व्यवस्थाविरुद्ध शंका र प्रश्न पनि उठ्न थालेका छन्', नेपालले भनेका छन्, 'मुलुकमा संकट बढिरहँदा बलियोसँग क्रान्तिकारी शक्तिको हस्तक्षेप आवश्यक भएको छ। त्यसका लागि समाजवादी कार्यदिशा बोकेको लोकतान्त्रिक पार्टी आवश्यक छ।त्यसले मात्रै मुलुकलाई संकटबाट निकासतर्फ लैजान सक्छ।’

अध्यक्ष नेपालले सत्तारुढ गठबन्धनकै दलसँग पनि शंका गरेका छन्। प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसमा पनि आजको संकट टार्न सक्ने शक्ति नरहेको उनले अपानिमा लेखेका छन्। 

‘अहिले उठेका प्रश्नमा पनि काङ्ग्रेसले आफ्ना नीति स्पष्ट पारेको छैन। नेकपा एमाले वामपन्थी जनमत भएको ठूलो पार्टी भए पनि संसद् विघटनपछि त्यसको नेतृत्वमा वैचारिक, सैद्धान्तिक र साङ्ठानिक समस्या देखिएको छ। एमाले दक्षिणपन्थी व्यक्तिपूजातर्फ बढेको छ। नेकपा माओवादी केन्द्रले पनि वैचारिक र सैद्धान्तिक कारणले हस्तक्षेपकारी भूमिका खेल्न सक्दैन', उनले भनेका छन्, 'तर अहिलेको अवस्थामा वैचारिक तथा सैद्धान्तिक कार्यदिशामा अहिलेको संकटको वस्तुगत विश्लेषणसहित समाधान दिने राजनीतिक शक्ति नेकपा एकीकृत समाजवादी हो।’

अपानि

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .