ad ad

कारोबार


भदौमा कुलमानलाई रोकेका प्रधानमन्त्रीले डेडिकेटेड लाइनको बक्यौता उठाउन मन्त्रीलाई निर्देशन दिए

भदौमा कुलमानलाई रोकेका प्रधानमन्त्रीले डेडिकेटेड लाइनको बक्यौता उठाउन मन्त्रीलाई निर्देशन दिए

फाइल तस्बिर


नेपालखबर
पुस ५, २०८० बिहिबार १८:४३, काठमाडौँ

गत भदौमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई डेडिकेटेड लाइन र ट्रंकलाइन बापतको  शुल्क उठाउन रोकेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोली फेरेका छन्। 

बिहीबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्ति बस्नेतलाई एक निर्देशन दिँदै तुरुन्त बक्यौता उठाउन भनेका हुन्। 

बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आयोजित सञ्चार तथा सूचना प्रविधि र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको संयुक्त समीक्षा बैठकमा बोल्दै प्रधानमन्त्रीले तरुन्त वक्यौता उठाउन भनेका हुन्। 

प्रधानमन्त्री दाहालले डेडिकेटेड फिडर र ट्रङ्क लाइनको महशुलमा देखिएको विवाद समाधान गर्न अध्ययन भइरहेकाले गत भदौमा कुलनमानलाई फोन नै गरेर रोकेका थिए। 

प्राधिकरणले गत भदौ १७ गते सूचना जारी गरेर वक्यौता उठाउने तयारी गरेको थियो। उक्त सूचनामा वक्यौता महशुल चुक्ता नगर्ने उद्योगहरूको विद्युत् आपूर्ति बन्द गर्नेसमेत प्राधिकरणले उल्लेख गरेको थियो।   

तर भदौ २५ गते उद्योग वणिज्य महासंघका अधयक्ष चन्द्रप्रसाद ढकालको नेतृत्वमा एउटा टोली निजी क्षेत्रको समस्या लिएर प्रधानमन्त्रीकहाँ पुगेको थियो।

 त्यसबेला बालुवाटारबाटै प्राधानमन्त्रीले कार्यकारी निर्देशक घिसिङलाई वक्यौता उठाउने काम तत्कालका लागि रोक्न भनेका थिए। 

महासंघको टोली आर्थिक सङ्कटको समयमा उद्योग व्यवसायहरू ४० प्रतिशतभन्दा कम क्षमतामा सञ्चालन भइरहेकाले जोगाउन विशेष पहल गर्नुपर्ने सुझाव लिएर गएको थियो।

कोभिड महामारीपछि उद्योग व्यवसाय निरन्तर सङ्कटमा रहेकाले उद्योग व्यवसायको विद्युत् काट्दा व्यवसायी थप हतोत्साही हुने महासंघको टोलीले बताएको थियो। त्यसपछि प्रधानमन्त्रीले वक्यौता उठाउने कार्य रोक्न निर्देशन दिएका थिए।

तर बिहीबार प्रधानमन्त्री दाहालले डेडिकेटेड र ट्रङ्क लाइनको वक्यौता नतिर्नेको लाइन तुरून्त काट्न निर्देशन दिए। विद्युतको वक्यौता नतिर्ने ठूलाको लाइन काटेर कर प्रणालीलाई व्यवस्थित गर्नुपर्ने उनले बताएका छन्। 

मन्त्री बस्नेतलाई निर्देशन दिँदै दाहालले यसमा कसैसँग सम्झौता नगर्न पनि भनेका छन्। 'डेडिकेटेड र ट्रङ्क लाइनको वक्यौता नतिर्नेको लाइन तुरून्त काटौँ। ठूलाबाट सुरू गरेर सबै वक्यौता उठाउनेतर्फ जानुस्', उनले भने। 

आजको कार्यक्रममा प्रधानमन्त्रीले जलविद्युत् आयोजना होल्ड गरेर बसी काम नगर्नेहरूको लाइसेन्स खारेज गर्नसमेत ऊर्जा मन्त्रालयलाई निर्देशन दिएका छन्।  

झोलामा खोलाको कुरा धेरै लामो समयदेखि चर्चामा रहेको भन्दै प्रधानमन्त्रीले लाइसेन्स लिएर होल्ड राखी काम नगर्ने कुरा देशका लागि घातक रहेको पनि बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .