ad ad

कारोबार


निगम भन्छ : तीन वर्षयता वार्षिक आम्दानी ९ अर्बबाट बढेर २२ अर्ब पुग्यो

निगम भन्छ : तीन वर्षयता वार्षिक आम्दानी ९ अर्बबाट बढेर २२ अर्ब पुग्यो

फाइल तस्बिर


नेपालखबर
पुस ३, २०८० मंगलबार १७:३८, काठमाडौँ

सरकारी ध्वजावाहक नेपाल वायुसेवा निगमले कम्पनीको आम्दानी गत तीन वर्षमा दोब्बरभन्दा बढीले वृद्धि भएको जनाएको छ।

निगमका प्रवक्ता रमेश पौडेलले महालेखा परीक्षकको लेखापरीक्षण प्रतिवेदन अनुसार निगमको कुल आम्दानी आर्थिक वर्ष २०७७/७८ मा ९ अर्ब १० करोड ९७ लाख ३१ हजार ८४५ थियो। 

त्यसयता निगमको वार्षिक आम्दानी निरन्तर बढ्दै गएको पौडेलले बताएका छन्।

उनका अनुसार आ.व. २०७८/७९ मा १६ अर्ब ४६ करोड ३२ लाख ६० हजार ३३३ आम्दानी भएकोमा आ.व २०७९/८० को प्रारम्भिक कुल आम्दानी २२ अर्ब २४ करोड १९ लाख ७८ हजार देखिएको छ।

निगमले विगत ३ वर्षमा आफ्नो आम्दानीमा १४४ प्रतिशले वृद्धि गर्न सफल भएको पौडेलले बताएका छन्। 

आठ वर्षदेखि निगमसँग अन्तर्राष्ट्रियतर्फ ४ वटा र आन्तरिक तर्फ २ वटा जहाज उडानमा छन्।

पौडेलले निगमको व्यवस्थापन वर्तमान नेतृत्वले सम्हालेपछि यो उपलब्धि हासिल भएको जिकिर गरे। 

बजार माग सम्बोधन गर्न र प्रतिस्पर्धात्मक रुपमा अघि बढेर आम्दानी गर्न निगमलाई पर्याप्त मात्रामा जहाजको कमी पौडेलले बताए।

त्यसका लागि आवश्यक कार्ययोजना बनाई अगाडि बढेको पनि निगमको दाबी छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .