ad ad

ग्लोबल


चिनियाँ विधायिकीको बैठक बस्दै, बेपत्ता पूर्वमन्त्रीद्वय छिन र लीको अवस्था थाहा होला?

चिनियाँ विधायिकीको बैठक बस्दै, बेपत्ता पूर्वमन्त्रीद्वय छिन र लीको अवस्था थाहा होला?

नेपालखबर
पुस ३, २०८० मंगलबार १७:४५,

आगामी सोमबारबाट चीनको शीर्ष विधायिकी नेसनल पिपुल्स कंग्रेस (एनपीसी) स्ट्यान्डिङ कमिटीको पाँच दिने सत्र सञ्चालन हुने भएको छ। सो सत्रमा ‘केही सदस्यहरुको योग्यतासम्बन्धी रिपोर्टको समीक्षा’ गर्ने सरकारी सञ्चारमाध्यमहरुले जनाएका छन्।

यसले पूर्वविदेशमन्त्री छिन काङ र पूर्वरक्षामन्त्री ली साङ्फुको अवस्थाबारे प्रकाश पार्नसक्ने बताइएको छ।

केही महिनाअघि दुवै मन्त्री सार्वजनिक मञ्चबाट गायब भएका थिए। लगत्तै उनीहरुलाई मन्त्री पदबाट हटाइएको थियो।

पिपुल्स डेलीका अनुसार बैठकले निश्चित प्रतिनिधिबारे प्राप्त रिपोर्टको समीक्षाको साथै बर्खास्त र नियुक्तिका विषयहरुमा र्णिय गर्नेछ।

भूपूमन्त्रीद्वय एजेन्डामा छन् कि छैनन् खुलेको छैन। तर, यी दुईलाई एनपीसी सदस्यबाट हटाइन सक्छ। एनपीसीमा करिब ३ हजार सदस्य छन्।

चिनियाँ राष्ट्रपति सी चिनफिङ आफैँले रोजेर मन्त्री बनाएका यी दुवै जनालाई अचानक पदबाट हटाइएको थियो। उनीहरुलाई किन हटाइयो र उनीहरु कहाँ छन् भन्नेबारे आधिकारिक रुपमा केही बताइएको छैन।  

यदि एनपीसीबाट पनि उनीहरुलाई हटाइयो भने त्यसले उनीहरुले गम्भीर गल्ती गरेको संकेत गर्नेछ। जुन उनीहरुको बचेको करिअरका लागि पनि राम्रो लक्षण हुनेछैन।

अनुशासन वा नैतिकता उल्लंघन, अपराधमा संलग्नता वा आफ्नो जिम्मेवारी पूरा गर्नबाट असफल भए एनपीसी सदस्यबाट हटाउन सकिने प्रावधान छ।

कसैले आफ्नो गल्ती मानेर राजीनामा दिए स्वीकार्ने व्यवस्था पनि छ।

यसअघिका एनपीसी बैठकहरुबाट छिन र ली दुवैलाई राजकीय पदबाट हटाइएको थियो।

अक्टोबरको बैठकले कुनैबेलाका उदीयमान नेता छिनलाई स्टेट काउन्सिलर पदबाट हटाइएको थियो। जुन मन्त्रीभन्दा एक तहमाथिको पद हो।

छिनलाई जुलाईमा पद सम्हालेको सात महिनापछि विदेशमन्त्रीबाट हटाइएको थियो। जुन अन्तिमदेखि उनी सार्वजनिक रुपमा देखिएका थिएनन्।

सोही बैठकले लीलाई रक्षामन्त्री, स्टेट काउन्सिलर र केन्द्रीय सैन्य आयोग सदस्यबाट हटाएको थियो। उनी अन्तिम पटक अगस्टमा देखिएका थिए।

छिनको ठाउँ चीनका शीर्ष कूटनीतिज्ञ वाङ यीले लिएका छन्। तर, नयाँ रक्षामन्त्री नियुक्त गरिएको छैन। 

हटाइएका दुवै जना २०५ सदस्यीय केन्द्रीय समितिमा अझै छन्।

मात्र १७ महिना अमेरिकाका लागि राजदूत रहेका छिनलाई गत अघिल्लो वर्षको डिसेम्बरमा विदेशमन्त्री बनाइउको थियो। मार्चमा उनलाई स्टेट काउन्सिलर नियुक्त गरिएको थियो।

ली भने मार्चमा रक्षामन्त्री तथा स्टेट काउन्सिलर बनेका थिए। अमेरिकी प्रतिबन्धको सूचीमा रहेका ली रक्षामन्त्री बनेपछि उनको विश्वव्यापी चर्चा भएको थियो। एससीएमपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .