गत वर्षको तुलनामा घरजग्गा कारोबार बढेको छ। अघिल्लो वर्षको तुलनामा घरजग्गा कारोबार र राजस्व दुवै बढेको हो।
घरजग्गामा बैंकहरुले कर्जा प्रवाह बढाएसँगै कारोबार बढेको छ। सरकारले घरजग्गा कित्ताकाटलाई सहज बनाउँदा गत वर्षको तुलनामा सकरात्मक प्रभाव देखिएको छ।
गत वर्ष मंसिरमा २ अर्ब ६४ करोड रुपैयाँ राजस्व संकलन भएको थियो। जसमा सेवाकर १७ करोड, रजिस्ट्रेसन शुल्क १ अर्ब ४४ करोड र पूँजीगत लाभकर ७२ करोड रुपैयाँ उठेको थियो।
मंसिरमा लिखित पारित ४१ हजार ८५१ वटा भएका छन्। २०७९ मंसिरमा २९ हजार १८४ वटा लिखित पारित भएका थिए।
कुल कारोबार भने १ लाख २७ वटा भएका छन् भने अघिल्लो वर्ष ८९ हजार मात्रै भएका छन्। गत मंसिरमा अपार्टमेन्ट लिखित पारित भने २२ वटा मात्रै भएको छ।
Shares
प्रतिक्रिया