कारोबार


सेयरबजारमा सामान्य सुधार, डेढ अर्बको सेयर बिक्यो

सेयरबजारमा सामान्य सुधार, डेढ अर्बको सेयर बिक्यो

नेपालखबर
माघ २०, २०७६ सोमबार १०:३२,

सेयरबजारमा सोमबार सामान्य सुधार भएको छ। आज बजार कारोबार मापन गर्ने नेप्से सूचक २.४९ अंकले बढेको हो। ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ सूचक १.१६ अंकले बढेको छ। सूचक सामान्य अंकले बढे पनि १३४९.१३ विन्दुमा कायम छ।

आज कुल १ सय ७७ कम्पनीको कारोबार भएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार कारोबार समयमा आज कुल १७ हजार ६ सय ३३ पटक किनबेच भएका थिए। सो क्रममा ४७ लाख ४८ हजार ८ सय २९ कित्ता सेयर बिकेका छन्। आजको कुल कारोबार रकम १ अर्ब ६१ करोड रहेको छ।

कुल १२ समूहमध्ये आज वाणिज्य बैंक, व्यापार, होटल,फाइनान्स, उत्पादन, माइक्रोफाइनान्स, जीवन बीमाको सूचक घटेका छन् भने म्युचुअल फन्ड, अन्य, निर्जीवन बीमा, ऊर्जा, विकास बैंकको सूचक बढेको नेप्सेले जनाएको छ।

आज नेको इन्स्योरेन्सको सबैभन्दा धेरै कारोबार भएको छ। कम्पनीको ६ करोड ५६ लाखको सेयर कराोबार भएको हो। त्यस्तै, ग्लोबल आईएमई बैंकको ५ करोडको, नेपाल इन्स्योरेन्स कम्पनीको ४ करोड ९९ लाखको, ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको ४ करोड ८१ लाखको र प्रभु बैंकको ४ करोड १९ लाखको सेयर कारोबार भएको छ।

यस्तै, आज कमाउनेमा गरिमा विकास बैंक अगाडि छ। कम्पनीका सेयरधनीले २२ रुपैयाँ प्रतिकित्ता आम्दानी गरेका छन्। त्यस्तै, नेशनल हाइड्रो पावर कम्पनीको सेयर पनि आज ९.२६ प्रतिशतले बढेको छ भने छ्यांग्दी हाइड्रोपावरको ९.०९ प्रतिशतले, रसुवागढी हाइड्रोको ८.५४ प्रतिशतले र सानिमा हाइड्रोपावरको ८.५० प्रतिशतले सेयर मूल्य बढेको छ।

गुमाउनेमा भने आज मल्टिपर्पोस फाइनान्स कम्पनी अगाडि छ। कम्पनीको सेयर ५.२३ प्रतिशतले घटेको छ। त्यस्तै युनियन हाइड्रोपावर लिमिटेडको ३.५१ प्रतिशतले, समृद्धि फाइनान्स कम्पनीको २.८८ प्रतिशतले सेयर घटेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad