ad ad

कारोबार


सेयरबजारमा उछाल : तेस्रोपटक सर्किट लागेपछि बजार बन्द

सेयरबजारमा उछाल : तेस्रोपटक सर्किट लागेपछि बजार बन्द

फाइल तस्बिर


नेपालखबर
मंसिर २४, २०८० आइतबार १२:१८, काठमाडौँ

साताको पहिलो कारोबार दिन आइतबार बजार ६ प्रतिशतले बढेपछि नेप्सेमा तेस्रो पटक सर्किट लागेको छ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गरेलगत्तै सेयरबजारमा सकारात्मक प्राभाव देखिएको हो। 

समीक्षापछि खुलेको पहिलो दिन आइतबार नेप्से सूचक १११ अंकले बढेर बन्द भएको छ। 

आइतबार बजार खुलेको पहिलो एक घण्टामा नेप्से सूचक ६ प्रतिशतले बढेपछि कारोबार बन्द भएको छ। 

यस अवधिमा ४८ करोड २४ लाख रूपैयाँभन्दा बढीको कारोबार भएको छ।

पहिलो सर्किट लाग्दा कारोबार २० मिनेटको लागि बन्द भएको थियो। त्यसपछि ५ प्रतिशत बढेर ४० मिनेट र तेस्रो सर्किट लागेसँगै बजार दिनभरिका लागि बन्द भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .