ad ad

कारोबार


प्राधिकरणका अध्यक्ष भन्छन् : एनसेलको खरिद-बिक्री अस्वाभाविक, छानबिन हुन्छ

प्राधिकरणका अध्यक्ष भन्छन् : एनसेलको खरिद-बिक्री अस्वाभाविक, छानबिन हुन्छ

फाइल तस्बिर


नेपालखबर
मंसिर २०, २०८० बुधबार १३:३३, काठमाडौँ

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरूषोतम खनालले एनसेलको खरिद-बिक्री अस्वभाविक रहेको बताएका छन्।

बुधबार बसेको अर्थसमितिको बैठकमा बोल्ने क्रममा उनले सन् २०२९ सम्म नाफा लैजाने गरि सेयर कारोबार  देखिएको पनि दाबी गरे।

उनले नियामकका रूपमा कडाइ गर्न दूरसञ्चार विधेयक धेरै समयदेखि संसद्मा अड्किएको पनि बताए। 

दूरसञ्चार ऐन २०५३ लाई प्रतिस्थापन गर्न सके धेरै नीतिगत छिद्रता हटेर जाने पनि उनको  तर्क छ।

प्राधिकरण नियामक निकाय भएकाले नेपाली कानुनको अक्षरश पालना गर्दै छानबिन गर्ने अध्यक्ष खनालले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .