ad ad

कारोबार


राष्ट्र बैंकमा कार्यकारी निर्देशकको सरुवा, को कहाँ पुगे?

राष्ट्र बैंकमा कार्यकारी निर्देशकको सरुवा, को कहाँ पुगे?

नेपालखबर
मंसिर १८, २०८० सोमबार १८:८, काठमाडौँ

नेपाल राष्ट्र बैंकका १० विभागीय प्रमुख (कार्यकारी निर्देशक) सरुवा भएका छन्।

उच्च व्यवस्थापन समितिको बैठकको निर्णय कार्यान्वयन गर्दै जनशक्ति व्यवस्थापन विभागले यही साताभित्रै नयाँ जिम्मेवारी सम्हाल्ने गरी १० कार्यकारी निर्देशकको सरुवा गरेको राष्ट्र बैंकका सहायक सूचना अधिकृत डा भागवत आचार्यले बताए।

समितिको आज बसेको व्यवस्थापन विभागको बैठकले पाँच कार्यकारी निर्देशक र मंसिर १४ को निर्णयबाट पाँच कार्यकारी निर्देशकको सरुवा गरिएको हो।

नियमन विभागमा भुक्तानी प्रणाली विभागका गुरुप्रसाद र नियमनमा रहेका गुणाकर भट्टको सरुवा भुक्तानी प्रणाली विभागमा भएको छ।

साथै, वित्त व्यवस्थापन विभागका प्रमुख मुकुन्द क्षेत्री जनशक्ति व्यवस्थापन, जनशक्ति व्यवस्थापनका तुलसीराम घिमिरे विदेशी विनियम विभाग र त्यहाँका विभागीय प्रमुख रामु पौडेलको वित्त व्यवस्थापन विभागमा सरुवा भएको हो।

यसअघि मंसिर १४ को निर्णयअनुसार मुद्रा व्यवस्थापन विभागका नरेश शाक्यलाई सूचना प्रविधि विभाग, गैरबैंकिङ सुपरीवेक्षण विभागका प्रदीपराज पौडेललाई मुद्रा व्यवस्थापन, सूचना प्रविधिका रामबहादुर मानन्धरलाई गैरबैंकिङ सुपरीवेक्षण विभाग, वित्तीय संस्था सुपरीवेक्षणका विश्रुत थापालाई बैंकिङ विभाग र बैंकिङ विभागका दयाराम शर्मालाई वित्तीय संस्था सुपरीवेक्षण विभागको जिम्मेवारी दिइएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .