ad ad

कारोबार


२ महिनाअघि बेलायतमा खुलेको कम्पनीले किन्यो एनसेलको सेयर

२ महिनाअघि बेलायतमा खुलेको कम्पनीले किन्यो एनसेलको सेयर

नेपालखबर
मंसिर १५, २०८० शुक्रबार १९:३६, काठमाडौँ

बेलायती कम्पनीलाई सेयर बेचेर एक्जियटा ऐनसेलबाट बाहिरिएको छ। मलेलियाको एक्जियटा बरहाद ग्रुप आफ्नो ८० प्रतिशत सेयर बिक्री गरेर नेपालबाट बाहिरिएको हो। 

बेलायती कम्पनी स्पेक्ट्रलाइट यूके लिमिटेडसँग रेनोल्डस् होल्डिङ लिमिटेडको सम्झौता भएको छ। रेनोल्डस् एक्जियटा ग्रुप अन्तरगर्तकै कम्पनी हो। 

स्पेक्ट्रलाइट दुई महिनाअघिमात्रै खुलेको कम्पनी हो। २६ सेप्टेम्बर २०२३ मा खुलेको यो कम्पनीको कार्यालय लन्डनमा छ। 

कम्पनीको निर्देशक सतिशलाल आचार्य हुन्। ऐनसेलमा सतिशलालकै कम्पनीको २० प्रतिशत सेयर समेत छ।

एक्जियटाले नेपालबाट बाहिरिनुको कारण नेपालको व्यवसायीक वातावरण, अस्पष्ट कर र नियमनको अनिश्चिता देखाएको छ। एक्जियटा २०१६ मा १.३६ विलियन डलरमा एनसेलको सेयर खरिदगरी नेपाल प्रवेश गरेको थियो। 

सन् २०१६ देखी २०२० सम्म ४७ अर्ब नेपाली रुपैयाँ पूँजीगत लाभकर तिरेको उल्लेख गरेको छ। 

एक्जियटाका प्रमुख कार्यकारी अधिकृत विवेक सूदले एनसेलमा मेहनती कर्मचारी भएपनि व्यवसायीक चुनौतीको कारण बाहिरिएको बताएका छन्। उनले २०२९ मा एनसेलको लाइसेन्स सकिने र नियामकको अनिश्चिताको कारण बाहिरिएको बताएका छन्। 

‘एनसेलको पूर्ण दायत्व खरिद कर्ताको हुने छ,’ सूदले भनेका छन्।

एक्जियटा ग्रुपका अध्यक्ष टन श्री शाहरिल रिड्जा रिडजुवानले एक्जियटा र एनसेलले नेपालको राष्ट्रिय विकासमा ठूलो योगदान गरेको उल्लेख गरेका छन्।

एनसेल दर्तादेखी आघिल्लो आर्थिक वर्षसम्म एनसेलले २ खर्ब ८३ अर्ब रुपैयाँ कर तिरेको अध्यक्षले बताएका छन्। 

एक्जियटाको प्रवेशपछि ग्रुपलाई २.२ अर्ब मलेसियन रिंगट कमाएको उल्लेख छन्। एक्जियटाको रणनीति र प्राथमिकताको कारण नै नेपालबाट बाहिरिएको उल्लेख गरेका छन्। 

ऐनसेलले नेपालमा २५ हजारबढीलाई रोजगारी र १ करोड ७० लाख प्रयोगकर्ता रहेको उल्लेख गरेको छ।

सम्झौतामा उल्लेख भए अनुसार ५ करोड अमेरिकी डलर अर्थात् ६ अर्ब ६६ करोडको सेयर सो कम्पनीलाई बेचिएको हो। 

सन् २०२९ सम्म एनसेलले पाउने लाभांश भने एक्जियाटाले नै पाउने सम्झौतामा उल्लेख छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .