ad ad

कारोबार


पर्यटक आगमनको लक्ष्य भेट्टाउँदै सरकार, ११ महिनामा ९ लाख बढी भित्रिए

पर्यटक आगमनको लक्ष्य भेट्टाउँदै सरकार, ११ महिनामा ९ लाख बढी भित्रिए

नेपालखबर
मंसिर १५, २०८० शुक्रबार १४:५८, काठमाडौँ

११ महिनामा ९ लाख बढी पर्यटक भित्रिएका छन्। सरकारले २०२३ मा १० लाख पर्यटक भित्राउने लक्ष्य पूरा हुन लागेको हो।  जनवरी देखी नोभेम्बरसम्म ९ लाख १८ हजार पर्यटक भित्रिएका हुन्। 

२०२३ को नोभेम्बरमा मात्रै १ लाख ८ हजार ६३० पर्यटक नेपाल भित्रिएका छन्। नेपाल भित्रने पर्यटकमा सार्क राष्ट्रको हिस्सा ३०.३ प्रतिशत, युरोपको २०।९ प्रतिशत, सार्क बाहेक एसियन मुलुककको २०.७ प्रतिशत, अमेरिकाको १२ प्रतिशत पर्यटक भित्रिएका छन्। 

ओसियानाबाट ५.१ प्रतिशत र मध्यपूर्व सहित अन्य मुलुकबाट ११ प्रतिशत पर्यटक नेपाल भित्रिएका छन्। २०२२ को नोभेम्बरमा ७२ हजार ६५३ भित्रिएका थिए। २०२१ मा २६ हजार १३५ पर्यटक भित्रिएका छन्। 

कोभिड माहामारीअघि नेपालमा वार्षिक १२ लाख पर्यटक भित्रिने गरेका थिए। २०१९ मा करिब १२ लाख पर्यटक भित्रदाँ नोभेम्बरमा १ लाख ३० हजार पर्यटक भित्रिएका थिए। जसअनुसार २०१९ को तुलनामा अहिले ८३।३६ प्रतिशतले पर्यटन क्षेत्र पुनस्थापित भएको हो। 

नोभेम्बरमा सबैभन्दा बढी पर्यटक भित्रिने १० देशमा भारतबाट २४ हजार ४४३, अमेरिकाबाट ११ हजार ४६१, चाइनाबाट ७ हजार ६०१, बेलायतबाट ६ हजार १३८, अस्ट्रेलियाबाट ५ हजार ६०, थाइलेन्डबाट ३ हजार ९६२, बंगलादेशबाट ३ हजार ७६१, जर्मनीबाट ३ हजार ५१२, श्रीलंकाबाट ३ हजार २२८ र फ्रान्सबाट ३ हजार २०५ पर्यटक भित्रिएका छन्।

नेपाल पर्यटन बोर्डका निर्देशक मणि लामिछानेले सरकारले राखेको लक्ष्य पुरा हुने बताए। उनले १० प्रतिशत बढी पर्यटक आउने देखिएपनि बजेट समयमै पास हुन नसक्दा अप्ठेरो भएको बताए। 

‘१० लाख बढी नै पर्यटक आउने संकेत देखिएको थियो। बीचमा बोर्डको बजेट समयमै पास हुन नसक्दा प्रचार प्रसार गर्न सकेनौं,’ लामिछानेले भने,‘तर १० बढी नै पर्यटक भित्रिएलान्।’

पर्यटक भित्रने संख्या बढ्दै गएकाले २०२४ मा १०१९ को तुलनामा बढी आउन सक्ने देखिएको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .