ad ad

कारोबार


कर्जाको ब्याजदर १ प्रतिशत घट्यो, अझै घट्छ : अध्यक्ष सुनिल केसी

कर्जाको ब्याजदर १ प्रतिशत घट्यो, अझै घट्छ : अध्यक्ष सुनिल केसी

नेपालखबर
मंसिर १५, २०८० शुक्रबार १५:१०, काठमाडौँ

नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले पछिल्लो एक वर्षमा कर्जाको ब्याजदर १ प्रतिशत घटेको बताएका छन्।

शुक्रवार नेपाल आर्थिक पत्रकार समाज सेजनको २७ औं वार्षिक साधारण सभामा बोल्दै अध्यक्ष केसीले यस्तो बताएका हुन्।

उनले अहिले बैंकको आधारदर (बेसरेट) एकल अंकमा आएको भन्दै बैंकको ब्याजदर अझै घट्दै जाने दाबी गरे।

उनले आगामी दिनमा नेपालको आर्थिक क्षेत्रको विकास र चलायमान बनाउनको लागि सहयोग पुग्ने अपेक्षा रहेको उल्लेख गरे।

उनले भने,‘पछिल्लो समय उच्च भनिएको बैंकको ब्याजदर अहिले आएर घट्ने क्रममा छ। अघिल्लो वर्षदेखि अहिलेसम्म कर्जामा लिने ब्याज १ प्रतिशत भन्दा बढीले घटिरहेको अवस्था छ। बैंकको वेसरेट पनि घटेर एकल अंकमा आइसकेको छ। बैंकको ब्याजदर घट्ने क्रम जारी छ।’

अध्यक्ष केसीले अर्थतन्त्रका धेरै सूचकहरु सकारात्मक रुपमा अगाडि बढेको भन्दै नेपालको बैंकिङ क्षेत्रमा लगानी योग्य रकम प्रशस्त रहेको बताए।

उनले बैंकहरुमा पछिल्लो समय खराब कर्जा लगायतका चुनौतिहरु रहेको बताए। उनले गत वर्षको तुलनामा बैंकहरुको नाफा २८ प्रतिशतले घटेको बताए। उनले दक्षिण एशियाका अन्य देशहरु भन्दा राम्रो गरिरहेको अवस्था भएपनि सजग हुनुपर्ने अवस्था रहेको उल्लेख गरे। पछिल्लो समय सडकबाट हुने आक्रमणले पनि बैंकिङ क्षेत्रको मनोबल कमजोर बन्दै गइरहेको उल्लेख गरे।

उनले भने, ‘बैंकहरुमा पछिल्लो समय चुनौतिहरु पनि छन्। जसमा गत वर्षको तुलनामा बैंकहरुको नाफा २८ प्रतिशतले घट्न गएको छ। १० वर्षअघि २० प्रतिशत बढीरहेको रिटर्न अन इकुटी घटेर अहिले ८ प्रतिशतको लेभलमा आइरहेको छ। बैंकहरुको खराब कर्जाको समस्या पनि देखिएको छ। तर पनि दक्षिण एशियाका अन्य देशहरु भन्दा राम्रो गरिरहेको अवस्था भए पनि सजक हुनुपर्ने अवस्था छ। पछिल्लो समय बैंकहरुलाई सडकबाट हुने आक्रमणले पनि बैंकिङ क्षेत्रको मनोवल पनि कमजोर बन्दै गइरहेको छ।’

उनले बैंकहरुले ऊर्जामा ३ सय अर्ब लगानी गरेको बताए। उनले देशको विकासका लागि वैदेशिक लगानी आवश्यक रहेको पनि बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .