कारोबार


नमस्ते पे आईबीएसआईद्वारा ‘मोस्ट इनोभेटिभ डिजिटल वालेट डिप्लोमेन्ट’ अवार्डबाट सम्मानित

नमस्ते पे आईबीएसआईद्वारा ‘मोस्ट इनोभेटिभ डिजिटल वालेट डिप्लोमेन्ट’ अवार्डबाट सम्मानित

नेपालखबर
मंसिर ११, २०८० सोमबार १९:२७, काठमाडौँ

नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकद्वारा संयुक्त रूपमा प्रवर्द्धित डिजिटल वालेट सेवा नमस्ते पे लाई ‘आईबीएस इन्टेलिजेन्स ग्लोबल फिनटेक इनोभेसन अवार्ड २०२३’ को चौथो संस्करणमा ‘मोस्ट इनोभेटिभ डिजिटल वालेट डिप्लोयमेन्ट’ को अवार्डले सम्मानित गरिएको छ।

नमस्ते पे लाई नेपालको फिनटेक परिदृश्यमा एक रचनात्मक वालेट सेवा प्रदायक बनाउन नेपाल डिजिटल पेमेन्ट कम्पनी लिमिटेडको निरन्तर प्रयास र नमस्ते पे ले आफ्नो स्थापनाको दिनदेखि नै नवप्रवर्तनात्मक विद्युतीय भुक्तानीका समाधानहरू ल्याउने प्रयास गर्दै आएको कम्पनीले जनाएको छ।

यूएसएसडी च्यानल मार्फत रियल टाइम अफलाइन भुक्तानी समाधानको सुरुवातसँगै, ग्राहकहरूले डिजिटल लेनदेन गर्दा बिना इन्टरनेट पनि स्टार५००ह्यास डायल गरेर वालेट सेवा अफलाइनमा पहुँच गर्न सक्नेछन् जसले उपभोक्ताहरूका लागि डिजिटल वित्तमा खुला पहुँच प्रदान गरेको छ।

नमस्ते पे ले ‘रिक्वेस्ट मनी’ सुविधा मार्फत पी२पी उधारो सेवा उपलब्ध गराएर उपभोक्ताहरूलाई प्रदान गर्ने सुविधाहरूमा नवीनताको पहलकर्ता समेत भएको छ र उपभोक्ताहरूलाई समूहको बिल भुक्तानी गर्न सजिलो बनाउन ‘स्पिलिट बिल’ जस्ता सुविधाहरू पनि ल्याएको छ।

मुम्बईमा आयोजित उक्त कार्यक्रम सन् १९९१ मा स्थापना भएको बेलायतमा रहेको कम्पनी इन्टरनेशनल बैंकिङ सिस्टम्स इन्टेलिजेन्स (आईबीएसआई) ले आयोजना गरेको थियो।

आईबीएसआई विश्वको एक उत्कृष्ट वित्तीय प्रविधि (परम्परागत र नयाँ युग) अनुसन्धान, सल्लाहकार, र मिडिया कम्पनी हो।

नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत विनय बिजुक्छेले नोभेम्बर २४, २०२३ मा भारतको मुम्बईमा भएको समारोहमा उक्त अवार्ड ग्रहण गरे।

नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत प्रविणराज पोखरेलले प्रतिष्ठित विश्वव्यापी अवार्ड प्राप्त गर्न पाउँदा खुसी व्यक्त गरे।

नमस्ते पे नगदरहित समाज सिर्जना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्ने उद्देश्यले शुरु गरिएको डिजिटल भुक्तानी सेवा हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .